तपाइँ को विचार मा ===रोनाल्डो, मेस्सी र नुयुर : कसले जित्ला बालोन डि’ओर ?
२८ पुस, काठमाडौं । लिओनल मेस्सी र क्रिष्टियानो रोनाल्डो मध्ये को उत्कृष्ट फुटबलर भन्ने बहस केही वर्षदेखि चल्दै आएको छ ।
आज घोषणा हुने बालोन डि’ओर अवार्डले पनि शायदै यसलाई टुंगो लागाउने छैन । तर, आज घोषणा हुने उत्कृष्ट फुटबलरको अवार्डका लागि रोनाल्डो र मेस्सीसहित गोलरक्षक नुयुर प्रतिस्पर्धामा छन् ।
नेपाली समय अनुसार मध्यराति जुरिचमा बालोन डि’ओर अवार्ड विजेताको घोषणा हुनेछ ।
यो पटक पनि गत वर्षको विजेता क्रिष्टियानो रोनाल्डोलाई प्रमुख दावेदारका रुपमा हेरिएको छ ।
निकै र्फममा रहेका रियल मड्रिडका स्ट्राइकर रोनाल्डोले २०१४ मा ६१ गोल गरेका छन् । उनको उत्कृष्ट प्रदर्शनसँगै रियल मड्रिडले च्याम्पियन्स लिगका साथै कोपा डेल रे, यूइएफए सुपर कप र क्लब वर्डकपको उपाधि जितेको छ ।
तर, ब्राजिलमा भएको विश्वकपमा भने उनको प्रदर्शन विर्सनलायक रहृयो । उनको टीम पोर्चुगल समूह चरणबाटै बाहिरिएको थियो ।
लगातार चार पटक बालोन डि’ओर बिजेता बनेका मेस्सी २०१३ मा भने पछि परे । यो सिजन पनि उनलाई प्रमुख दावेदारका रुपमा हेरिएको छैन ।
तर, मेस्सीले २०१४ मा च्याम्पियन्स लिग र ला लिगाको सर्वाधिक गोलको कीर्तिमान बनाएका छन् । उनकै प्रेरणामा अर्जेन्टिनाले विश्वकपमा २८ वर्षपछि फाइनलसम्मको यात्रा तय गरेको थियो ।
यद्यपि अर्जेन्टिना फाइनलमा जर्मनसँग पराजित भयो । मेस्सीले विश्वकपमा गोल्डेन बल जितेका थिए ।
अर्का दावेदार हुन बार्यन म्युनिख तथा जर्मन गोलरक्षक नुयुर । जर्मनीले विश्वकप जित्दा उनको उत्कृष्ट प्रदर्शन रहृयो भने बार्यन म्युनिख जर्मन च्याम्पियन बन्यो । २०१४ मा ६२ खेलमा मात्र ४० गोल खाएका उनी जर्मनका प्लेयर आफ दि इयर समेत हुन् ।
