‘मेरो प्यार’भन्दै मुकेशसँगै जीवन र नीता (भिडियो)
चलचित्र ‘धुन’को ‘मेरो प्यार’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कलाकार मुकेश ढकाललाई फिचरिङ गरिएको छ ।
साथमा गीतमा जीवन लुइटेल, नीता ढुंगाना, श्रेया दुलाल, उमा वेवीलाई पनि देख्न सकिन्छ । यो गीतमा स्वरुपराज आचार्यको स्वर, लक्की सिटौलाको शब्द तथा संगीत छ ।
चलचित्रलाई कृष्ण पौडेलले निर्देशन गरेका हुन् । मालती शाहको प्रस्तुतीमा तयार भएको चलचित्रमा सुशिल शाह, बिनोद भट्ट, श्रेया दुलाल र मधुसुदन भट्टराइले लगानी गरेका छन् । यो चलचित्रलाई सांगीतिक प्रेम कथामा तयार पारिएको छ ।

