फ्रान्सको पेरिसमा एक नेपाली सडकको पेटीमा बसेर भिख माग्दै

सन्तोस भट्टराई बेल्जियमबाट हराएर पेरिस् आइपुगेको थाहा  भयो । मानसिक तनाव, पीडा र चिन्ताले उनी बेसहारा बने । अनि सडकको कतै पेटीमा बस्ने, मागेर खाने, नदिए सामाजिक संस्थाले खान खुवाउने ठाउँमा माग्ने । सडक पेटी, पार्क वा रेलका लिक छेउमा सुत्ने । यस्तो खबर त आयो फेसबूकमा ।

तर कहाँ छन् त पेरिसमा ? कसले चिन्छ ? केहिदिन अघि केशव कँडेल (दिवाना राज) ले भेटेर यो फोटो खिचे । सामाजिक सञ्जालमा राखिदिए । तरपनि सायद उनको परिवारसम्म जानकारि पुगेन । केहिबेर कुराकानी गरे भट्टराईसित । पिडितले दुख पाएको गुनासो सुनाएछन् । तर सडकमा भेटिएका सन्तोसलाई तत्कालै केहि गरिदिने समय र उपाय भएन । त्यसैले कँडेलले फोटो लिएर छोडिदिए । हिजो हामी उनै केशव कँडेल, चिरन्जिवी सापकोटा, रमेश र म लगायत केहि साथी उनलाई खोज्न हिँड्यौ पेरिसका केहि गल्लीमा । उनी स्तालिनग्राद, पोख्त दला भिलेत र लसापेल, जोरेसको वरिपरि मान्छेहरुले देखेको बताए ।

खासगरि खुद्रा दोकान, रेस्टुरेन्ट र अन्य पसलेले देखेका रहेछन् । उनी माग्दा रहेछन् खाने कुरा । घरबार बिहिन, काम नभएका, सडकमा बिताउनेहरु भोकले नमरुन् भनेर चिया र खाना बाँड्ने ठाउँ भेटियो । त्यहाँ गएर उनको फोटो देखायौं ‘के यि मानिस आउँछन् यहाँ खान खान ?” भनेर सोध्यौं । सुरक्षा अधिकारीले ‘भर्खरै आएर खान खाएर गयो, दिनदिनै आउँछ’ भनेर बताए । आज बिहान हामी केहि नेपाली उनैको खोजिमा लाग्दै छौं । प्रहरीलाई खबर गरेर नेपाल फिर्ता पठाउन उनको परिवारको सहमती चाहिन्छ सायद । उनले आफ्नो घर काठमाडौं भएको बताउँदा रहेछन् । बेल्जियममा सिता सापकोटाले आफूलाई असाध्यै सहयोग गरेकोपनि उनले केशव कँडेलसित बताएका रहेछन् । अहिलेपनि उनै सिता सापकोटाले भेटिएमा बेल्जियमदेखि आएर उनलाई बेल्जियम पुर्‍याएरपनि नेपालमा उनका परिवारको जिम्मा लगाइदिने भन्दै उनलाई खोजिदिन आग्रह गरेकि छन् । जेहोस, देख्ने र चिन्नेले यो खबर उनको परिवार कहाँ पुर्‍याइदिएर सहयोग गर्नुहोला र उनको परिवारले जानकारि पाएमा सम्पर्क गर्नुहोला । source: quicnpnews
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस