साहरुखप्रति गर्व छ भन्दै ओबामाले बोले-‘बडे बडे देशो मे’...
३ दिने भ्रमणका लागि भारतमा रहेका अमेरिकाका राष्ट्रपति बाराक ओबामाको
चर्चा खुबै चलेको छ । ओबामाले गर्ने हरेक क्रियाकलपालाई भारतीय मिडियाले
विभिन्न कोणबाट कभरेज गरिरहेका छन् ।
आफ्नो भ्रमणको तेश्रो तथा अन्तिम दिन ओबामाले दिल्लीको सिरी फोर्ट अडिटोरियममा भाषण गरेका छन् । उनले भाषणको दौरान बलिउड नायक साहरुख खानको चर्चित चलचित्र ‘दिल्वाले दुल्हनिया ले जायंगे’को संवाद बोले ।
उनले भने-‘बडे बडे देशो मे छोटी छोटी बात होती रहेती हें’ । ओबामाले यो संवाद बोलेपछि अहिले सामाजिक संजाल ट्विटरमा पनि यसको चर्चा सुरु भएको छ ।
ओबामाले आफ्नो मन्तव्यको क्रममा भने-‘हामीलाई साहरुख खान, मेरी कोम, मिल्खा सिंह र कैलाश सत्यार्थीमाथि गर्व छ ।’
ओबामाको यो मन्तव्यपछि बलिउड कलाकारले पनि ट्विटरमा यस बिषयलाई ट्विट गरिरहेका छन् ।