संविधानसभा तोडफोडको विरोधमा कुकुरको प्रयोग
६ माघ, बिराटगनर । सडकमा खैरो कुकुर ठिंग उभिएको छ । कुकुरको घाँटीमा नारा झुण्डिएको छ – संसदमा भाँडभैलो मच्चाउने मै हुँ ।
संविधानसभाभित्र भएको अप्रिय घटनामाथि विरोध र व्यंग्य गर्न बिराटनगरवासीले यस्तो तरिका अपनाएका हुन् ।
एमाओवादी नेतृत्वको मोर्चाले मध्यरातमा संविधानसभाभित्र गरेको बितण्डाको सामाजिक सञ्जाल र सडकमा समेत तीव्र आलोचना हुने थालेको छ ।
एमाओवादी नेतृत्वको मोर्चाले मध्यरातमा संविधानसभाभित्र गरेको बितण्डाको सामाजिक सञ्जाल र सडकमा समेत तीव्र आलोचना हुने थालेको छ ।
बिराटनगरवासीहरुले बन्द हडतालविरुद्ध हस्ताक्षरयुक्त ब्यानरसहति प्रदर्शन गरेका छन् । बोल्न पाउने मेरो अधिकार हो, गरी खान देऊ लगायतका नारा लेखेर सर्वसाधारण नागरिक सडकमा ओर्लिएका छन् ।
स्वतस्फूर्तरुपमा सडकमा निस्किएका बिराटनगरवासीले बन्द हड्ताल गर्नेलाई मतदान नगर्ने आह्वानसहित सडकमा प्रदर्शन गरेका छन् ।
बिराटनगरमा बन्दको प्रभाव परेको छ । बन्दकर्ताहरु पनि सडकमा निस्केर यातायात रोक्ने र बन्द आहवान गर्ने कार्य गरिहरेका छन् ।