१०० मा फोन गरेर प्रहरीलाई आई लभ यु भन्ने जेलमा

माघ १४, गोरखा । जिल्ला प्रहरी कार्यालयको १०० मा फोन गरेर प्रहरीसँग जिस्किन खोज्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । फोन गरेर भेट्न बोलाउने, अनावश्यक कुराकानी गर्ने, अश्लिल शब्द बोल्नेलाई गिरफ्तार गरिएको प्रहरी प्रमुख रमेश थापाले जानकारी दिनुभयो । टेलिफोन गरेर प्रहरीलाई आई लभ यू भन्ने, रातको समयमा फोन गरेर भेट्न बोलाउने क्रम बढेपछि ४ जना प्रक्राउ परेका हुन् । गोरखा, धादिङ र लमजुङबाट टोल फ्रि नम्बरमा फोन गरेर प्रहरीलाई हैरान बनाउनेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।