मिडिया एनपी,काठमाडौँ
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाओवादी नेतृत्वको मोर्चाको
प्रतिकारको डटेर सामना गर्ने बताएका छन् । एमाओवादी नेतृत्वको मोर्चाले
हिजो संविधानसभा प्रक्रियामा अगाडी बढे लगत्तै आफुहरुले सभामुखको कदमको सडक
र सदनबाट प्रतिकार गर्ने बताएसँगै अध्यक्ष ओलीले एमालेको हातमा पनि दही
जमेर नबसेकाले कमजोर नसम्झन आग्रह गरे ।
राजधानीमा एक
कार्यक्रममा आफ्नो धारणा राख्दै अध्यक्ष ओलीले लामो समय एमाओवादीलाई
राम्रो बाटो हिड्न सिकाए पनि उ कहिल्यै पनि नसुध्रीने जनावर भएकाले अब
प्रक्रियामा गएर भएपनि संविधान दिन आफुहरु अग्रसर भएको बताए । उनले अगाडी
बढीसकेको संविधानसभा पछाडी नर्फकिने पनि स्पष्ट पारे ।