नलेखिने पो हो कि हाम्रो संविधान

कुर्सी हानाहान माइक हानाहान
 कृपया जोगाउ सभासदको ज्यान
 खै त सहमति सधैँ बाजाबाज
 आफ्नै नेता देखि जनतालाई लाज

 कोसंग भिमसेन कोसंग अर्जुन
 कोसंग शकुनि कोसंग दुर्योधन
 लेख्दैनन् खाली गर्जिन्छन् मात्र
 संविधानसभा भयो कुरूक्षेत्र

न नियम न कानून कल्ले मान्ने
 जसले सक्यो उज्यायो उसैले हान्ने
 कोही देखाउने चटक कोही नाटक
 झुक्किए जनता दुई दुई पटक

 कोही ठेल्ने छन् कोही पेल्ने छन्
 पक्ष विपक्ष भै लडाई खेल्ने छन्
 खै यहाँ कृष्ण खै भिष्म पीतामह
# नलेखिने पो हो कि हाम्रो संविधान