स्तन बढ्दैछ, अब योनी फेर्दैछु ’ अञ्जली लामा
काठमाडाैं । अञ्जली लामा ट्रान्सजेन्डर हुन् । तर, उनलाइ केटी बन्ने रहर उहिलेदेखिको हो । त्यसैले सञ्चारकर्मी मोहन राईले लामाको बिषयमा एक डकुमेन्टी तयार गरी अन्जलीलाई ‘पूर्ण केटी बनाउने अभियान’ सुरु गरेका छन् ।
नुवाकोटकी बिष्णु वाईवा उर्फ अन्जली लामाको संघर्षको कथा हेर्न बिहिबार पूर्वमिस नेपालहरुको बाक्लो उपस्थिति थियो । प्रिमियर रेड कार्पेटमा हिरोइन ऋचा शर्मा र केकी अधिकारीलगायतको उपस्थित थियो भने अभिनेता शिव श्रेष्ठदेखि लिएर निर्देशक दीपक श्रेष्ठसम्म सहभागी थिए ।
अन्जलीलाई ‘केटी बनाउने अभियान’मा साथ दिन नर्वेजियन ऐम्बेसी, ब्लु डाईमण्ड सोसाईटी, मिलवे फिल्मस र माउन्टेन रिभर फिल्मसको सहयोग छ ।

