घूस लिएको अभियोगमा अख्तियारकै अधिकृत पक्राउ
काठमाडौ, पुस २९ -
आयोगको क्षेत्रीय कार्यालय पोखराका शाखा अधिकृत विनोद अमात्य र लेखा अधिकृत तोयानाथ शर्माले जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा.नारायाण ओझासँग उनी विरुद्ध परेको उजुरी मिलाईदिने भन्दै दुई लाख रुपैयाँ घूस लिएको खुल्न आएको छ । आयोगद्वारा मंगलबार जारी गरिएको विज्ञप्तीमा दुई जनै कर्मचारीलाई हिरासतमा राखी थप अनुसन्धान थालिएको जनाइएको छ ।

