बाबुराम भट्टराईले भने ...संविधानसभामा अब त्यस्तो हुँदैन

काठमाडौं । सोमबार मध्यरातमा संविधानसभामा एमाओवादीले गरेको तोडफोडका विषयमा माफी मागेको छ । एमाओवादीले सोमबारको तोडफोडको घटना सुनियोजित नभएको भन्दै आत्मालोचना गरेको छ ।
एमाओवादीले बुधबार राजधानीमा अयोजना गरेको प्रेसमिटमा बोल्दै बाबुराम भट्टराईले उक्त कदमले आफुहरुलनाई पनि लज्जित तुल्याएको बताएका छन् । उनले ‘संविधानसभामा कुर्सी तोडफोर्डको जुन घटना भयो त्यो उपयुक्त थिएन, अब त्यस्तो कमजोरी दोहोरिन दिने छैनैँ भनेर सार्वजनिक रुपमा नै माफी मागेका छन् ।

भट्टराईले ‘बन्दका बेला सञ्चारकर्मी माथि भएको आक्रमणप्रति पनि आत्मालोचना गर्दछौं ।’ भनेका छन् । मंगलबारको बन्दमा २ दर्जन सवारी साधनमाथि तोडफोड र आगजनी गरिएको थियो । जसमध्ये प्रेस मुख्य तारो बनेको थियो ।