सुनको भाउ ८ सय बढ्यो

७ पुस, काठमाडौं । बुधबार स्थानिय बजारमा सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको भाउ तोलाको ५४ हजार ४ सय रुपैयाँ तोकेको छ ।
मंगलबार छापावाल सुन स्थिर रहँदै बजारमा तोलाको ५३ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो ।
तेजाबी सुनको भाउ पनि बुधबार तोलामा ८ सय रुपैयाँ बढ्दै ५४ हजार १ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबार तेजाबी सुन तोलाको ५३ हजार ३ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।
बुधबार चाँदीको भाउ तोलामा २१ रुपैयाँ बढेर ७ सय ५५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलाको ७ सय ३४ रुपैयाँमा किनबेच भएको थियो ।