दलित संग बिहे गरेको भन्दै आफ्नै छोरीलाई पटक पटक शारीरिक यातना दिदै आएका बाबुआमाले निर्घात कुटपिट गरि खुट्टानै भाचीदिए
चार बर्ष पहिले भएको बिहेको कारण आज सम्म पनि उनले माइतीबाट शारीरिक यातना भोग्दै आएकी छन |अहिले पछिल्लो पटक उनि इनारमा पानी लिन माइतिको घर समुम्मे बाट जादै गर्दा चिर्पटले हानेर उनको खुट्टाको हड्डीनै फोडीदिएका छन भने निधार र टाउकोमा गम्भीर चोट लागेको छ |गाउँकै २३ वर्षीय मनोज परियारसँग बिहे गरेकी उनको २ वर्षकी छोरी छन्।
बाटोमा हिँड्दा सधैं आमाहरूले दमिनी भन्दै थुक्ने, कराउने गर्नु हुन्थ्यो, जिल्ला प्रहरीमा उजुरी दिन मंगलबार श्रीमानसंग आएकी उनले भनिन्, अहिले कुटेर घाइते नै बनाउनुभयो, यातना सहन नसकेर प्रहरीमा उजुरी गर्न आएँ ।कुटपिटपछि गाउँमै घटना मिलाउन खोजिएको उनीहरूको आरोप छ। बिहे गरेदेखि सधैं माइतीबाट मानसिक यातना खेप्दै आएको छु, उनले भनिन्, अहिले आएर तँ दमिनीलाई मार्छु भन्दै मलाई कुट्नुभयो, धन्न बाँचें।
उनले घटनामा संलग्न सबै दोषीलाई पक्राउ गरी कारबाही गर्नुपर्ने बताइन्। जिल्ला प्रहरीका प्रमुख एसपी सहकुलबहादुर थापाले घटनामा संलग्न २ जना पक्राउ परिसकेको बताए।चार बर्षदेखि अहिले सम्म पटक पटक माइतीले आफुलाई सरिरी पिडा दिएको दुखेसो पोख्दै उनले आफुलाई यस्तो पिडा दिनेलाई जसरि पानी कारवाही गर्नुपर्ने माग राखेकी छन |