माया भनेको यस्तो "" पति "" बचाउन आफैं बेचिइन् !!
पछि सुनौली आएर त्यहाँको माइती नेपालमा आफूलाई दिनेश तामाङ(नाम परिवर्तन) भन्ने व्यक्तिले दिल्लीमा लगेर बेचेको भन्दै उजुरी दिइन्। दिनेश पनि उनका पतिलाई फसाउनेमध्येका एक थिए। पतिलाई फसाउने दिनेशविरुद्ध बदला लिनकै लागि मनिताले करिब १० हजार रुपैयाँ खर्च गरेर आफू स्वयं दिल्ली पुगेर बेचिएकी थिइन्। 'मेरो निर्दोष पतिलाई बचाउन मैले मुद्दा विवरण पढेपछि दिल्लीमा बेचिँदा कस्तो हुँदोरहेछ भन्ने बुझ्न र पीडकलाई फसाउन त्यसो गरेकी थिएँ', मनिताले भनिन्। बीबीएस पढ्दै गरेकी मनितालाई त्यहाँबाट काठमाडौं माइती नेपालमा पठाइयो।

'मेरो निर्दोष पतिलाई बचाउन मैले मुद्दा विवरण पढेपछि दिल्लीमा बेचिँदा कस्तो हुँदोरहेछ भन्ने बुझ्न र पीडकलाई फसाउन त्यसो गरेकी थिएँ', मनिताले भनिन्। उनका पति हाल सुन्धारास्थित कारागारमा छन् भने मनिता माइती नेपालक। उनी पतिलाई झूटो आरोपबाट कसरी निर्दाेष साबित गर्ने भन्नेमा लागिपरेकी छन्। माइती नेपालका अनुसार संस्थाको इतिहासमै यो भिन्न प्रकृतिको मुद्दा हो। उनको भन्दा भिन्नै व्यथा छ धनगढीकी बिबिसा विकको। बहिनी जन्मिएकै दिन बाबुले आमालाई छाडेर गए।
आमाले धेरै कुरिन्। तर पति नफर्किएपछि उनले अर्को विवाह गरिन्। यसपछि उनका चारवटा बहिनी जन्मिए। आमाले मजदुरी गरेर सबै बहिनीलाई पाल्न साह्रै कठिन भएको थियो। गाउँकै एक महिलाले उनलाई सुखी जीवनको लालच देखाउँदै पन्जाबमा रहेको आफ्नो छोरीज्वाइँकहाँ लगेर एक लाखमा बेचिदिइन्। त्यहाँ विविसाले डान्स बारमा नाच्ने र ग्राहकको जानुपथ्र्यो। त्यहाँबाट उनलाई विहारस्थित एक सर्कसमा लगेर ३० हजारमा बेचिदिए। सन् २०१४ मा माइती नेपालद्वारा हेरिएका निवेदन तथा मुद्दाहरूको स्थिति सार्वजनिक गर्दा सोमबार विविसा आफ्नो व्यथा सुनाउँदासुनाउँदै रुन थालिन्। उनकै जस्तो अवस्था थियो, डडेलधुराकी मीरा विष्ट (नाम परिवर्तन) को पनि। ६ वर्ष उमेरदेखि बाबुले उनलाई महेन्द्रनगरका हेमन्त रावल (नाम परिवर्तन) का घरमा कमलरी राखिदिए।
दस वर्ष भएपछि हेमन्तले उनलाई काठमाडौं सुकेधारास्थित साडुभाइ मिलनबहादुर रावल (नाम परिवर्तन) का घरमा पठाइदिए। मिलनले उनलाई पटकपटक बलात्कार गरे। मीरा साथीको सहयोगमा भागेर प्रहरीमा उजुरी गर्न गइन्। तर प्रहरीले उजुरी लेखिसकेपछि मिलनकै अगाडि पत्र च्यादिदिँदै पुन: मीरालाई उनीहरूकै जिम्मा लगाइदियो। तीन दिनसम्म खान नदिई थुनेर राखेपछि चौथो दिनमा महेन्द्रनगरमा हेमन्तकै घरमा पठाइदिए। ५५ वर्षीय हेमन्तले पनि मीरामाथि थुप्रैपटक बलात्कार गरेर उनलाई बेच्न भारत पुर्याए। त्यहाँ अन्य दुईजनालाई पनि उनको बलात्कार गर्न लगाएपछि राति बाटैमा छाडिदिए। प्रहरीले फेला पारेर फेरि हेमन्तकै जिम्मा लगाइदियो। उनको पेटमा गर्भ रहेको थाहा पाएपछि हेमन्तकी पत्नीले गर्भपतन गराइन्। त्यसपछि उनलाई पेट दुख्ने रोगले सताउन थाल्यो। हाल उपचार गराइरहेकी १५ वर्षीया मीरा बहिनी हेमन्तकै घरमा काम गरिरहेकीले उनले पनि यस्तै दुर्दशा भोग्नुपरेको छ
कि भन्नेमा चिन्तित छन्। बालाजुमा फुपूको घरमा बस्दै आएकी नुवाकोटकी अनिता केसी(नाम परिवर्तन) साथीको लहैलहैमा डान्सबारसम्म पुगिन्। त्यहाँ एउटी महिलाले भाडा तिर्न नपर्ने गरी सामानसहितको कोठा पाइन्छ भन्ने लालच दिँदै कैयौंपटक उनलाई घरबेटीमार्फत यौनशोषण गराइन्। अर्का एकजनाले धनगढीमा राम्रो काम लगाइदिन्छु भन्दै भारत बेच्न लैजाँदै गर्दा प्रहरीले पक्रेर उनलाई माइती नेपालको जिम्मा लगाइदियो। माइती नेपालका अनुसार गत वर्ष मानव बेचबिखनसँग सम्बन्धित २७ वटा मुद्दा विभिन्न प्रहरी कार्यालयमार्फत विभिन्न जिल्ला अदालतमा दायर गरिएको छ।
ती मुद्दाहरूमध्ये दुईवटा फैसला भएको छ। एउटा मुद्दामा प्रतिवादीलाई दस वर्ष कैद, एक लाख जरिबाना र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति तोकिएको छ। अर्कोमा प्रतिबादीलाई दुई वर्ष कैद तोकिएको छ भने अन्य मुद्दाहरू जिल्ला अदालतमा विचाराधीन छन्। जिल्ला अदालतमा दायर भएका जबरजस्ती करणीका २४ वटा मुद्दा पनि विचाराधीन अवस्थामा छन्।