देशव्यापी नेम्वाङको राजधानीमा पुत्ता दहन
काठमाडौं,माघ ११ –एमाओवादी नेतृत्वको १९ दलिय मोर्चाले आइतबार साँझ देशभरका
शहरमा सभाध्यक्ष सुवास नेम्वाङको पुत्ला दहन गरेको छ । संविधानसभालाई
जबर्जस्ती प्रक्रियामा लाने दुस्प्रयास गरेको भन्दै मोर्चाले आजको दिनलाई
कालो दिनको संज्ञा दिएको छ । काठमाडौंको रत्नपार्कमा भेला भएका दलका
कार्यकर्ताले सुवास नेम्वाङविरुद्ध नाराबाजी गर्दै ‘देश कांग्रेस एमालेको
चेम्बर भएको’ आरोप लगाएका थिए । सरकारले गरेको एकपक्षिय सिन्डीकेटको
विरोधमा सडक आन्दोलन गर्ने बताए । त्यस्तै ललितपुरको लगनखेलमा आयोजित
सभाध्यक्ष्यको पुत्ला दहन गर्दै मोर्चाका कार्यकर्ताले ‘सत्ताधारीको
तानशाही पनि टुलुटुलु हेरेर नबस्ने बताए ।’ आज देशभरका मुख्य शहरहरुमा
पुत्ला दहन गरिएको मोर्चाले जनाएको छ ।