सिस्नो खानाले हुने फाईदाहरु ....थाहा पाउनु होस्
|
बहु उपयोगी सिस्नो
सिस्नोको
नाम सुन्नासाथ हामी हरियो पात भएको काँडे घाँसलाई सम्झिन्छौ । सिस्नो सँग
परिचित भएकाले त अझै यसलाई पोल्ने घाँसका रुपमा चिन्दछन् । तर हालैको एउटा
अनुसन्धानले हाम्रो गाउँघर तिर झाँडीमा पाइने सिस्नु मानव स्वास्थ्यका लागि
मात्रै नभई जीवजन्तुको लागि पनि बहुउपयोगी रहेको सुझाव अगाडी सारेको छ ।
अमेरिका, बेलायतजस्ता देशमा सुप, तरकारी, चिया, जुस, औषधि आदि विभिन्न
रूपमा सिस्नुको पात तथा जराको प्रयोग गर्दै आइएको छ । यसका साथै सिस्नोको
प्रयोग बाट अन्य फाइदा पनि प्राप्त गर्न सकिन्छ ।
-
सिस्नोको मुन्टालाई दानाका रूपमा खुवाएको कुखुराले तुलनात्मक रूपमा धेरै
अण्डा पार्ने, मासु स्वादिलो हुने र अण्डासमेत गुणस्तरीय हुने देखिएको छ ।
साथै
सिस्नो बाट तयार पारेको दाना खाएको कुखुराले साधारण दाना खाएको कुखुराले
भन्दा दोब्बर बढी अण्डा दिने गरेको पनि अनुसन्धानबाट खुलेको छ ।
- सिस्नु खुवाएको बंगुरको तौल नखुवाएको भन्दा धेरै भएको र मासुसमेत स्वस्थ्य रहेको पाइएको छ ।
-
त्यसैगरी सिस्नुलाई दानाको रूपमा खुवाइएको गाईको दूधको परिणाम र दूधमा
चिल्लो पदार्थको मात्रसमेत उल्लेख्य वृद्धि हुने गरेको अनुसन्धानले
प्रमाणित गरेको छ । सिस्नु खाँदा हाडजोर्नी लगायतका शरीरका विभिन्न रोगको निदान हुने विश्वास गरिन्छ । |