मलाई सत्ता होइन माघ ८ मा संविधान चाहियो :(एमाले) का अध्यक्ष केपी शर्मा ओली
नेपालका लागि बेलायती राजदूत एन्ड्रयु जेम्स स्पाक्र्ससँग आफ्नो बालकोटस्थित निवासमा भएको भेटवार्तामा नेता ओलीले दलहरुबीच सहमति, सहकार्य र वार्ताबाटै निष्कर्ष निकाली निर्धारित मितिमै संविधान जारी गर्ने प्रयास भइरहेको बताए ।
सो अवसरमा राजदूत स्पाक्र्सले नेपाललाई बेलायतले विगतदेखि नै सहयोग गर्दै आएको र आवश्यक परे भावी दिनमा पनि सहयोग गर्ने विश्वास व्यक्त गरे । ओली र जेम्सबीच नेपालको पछिल्लो राष्ट्रिय राजनीति र संविधान लेखनका बारेमा कुराकानी भएको अध्यक्ष ओलीका स्वकीय सचिव रमेश आचार्यले जानकारी दिए । रासस
