नयाँ दिल्ली, फागुन १४ – हामीले बाहिरबाट हेर्दा भारतलाई निकै विकसित देख्छौँ तर भारतको केहि भुभागहरु त्यस्ता छन् जहाँ मानिसहरुमाथि अन्याय भइरहेको छ । यो कुराको पुष्टि भारतको एउटा ताजा उदाहरणले गर्ने गर्दछ । पुलिसले एउटा यस्तो घटनाको पर्दाफास गरेको छ जसमा एक ३५ वर्षका पुरुषले १२ वर्षकी बालिकासँग विवाह गरेका छन् । पुलिसले ती बालिका र उनकी बहिनीलाई षड्यन्त्रकारीहरुको चंगुलबाट निकाल्न सफल भएका छन् । पुलिसले दुबै बालिकाहरुलाई थानामा ल्याएका छन् । बालिकाहरुलाई उनीहरुको अभिभावकसम्म पुर्याउन पहल भइरहेको पुलिसले जानकारी दिएको छ । गरिबी र बाध्यताः वास्तवमा बालिकाहरुका आमा–बुवा गरिब र बाध्य थिए । त्यसकारण उनीहरुले बाध्यतामा आएर आफ्ना दुई छोरीहरुलाई आफूभन्दा टाढा राखे । करिब ६ महिना पहिले आफ्नो छोरीहरुलाई राम्रोसँग पाल्ने भन्दै आफन्त पर्ने एक महिलाले उनीहरुलाई लिएर गएको र पछि त्यहि महिलाले १२ वर्षीय बालिकालाई ३५ वर्षीय सँग विवाह गराइदिइन् । स्थानीय मानिसहरुको सूचनाको आधारण पुलिसले ती बालिका बेहुली र उनकी आठ वर्षीय बहिनीलाई त्यहाँबाट मुक्त गरेर थानामा ल्याएको बुझिएको छ । वास्तवमा यो घटना भारतको झाँसीमा बस्ने १२ वर्षीय वर्षा र उनकी आठ वर्षीया बहिनीको हो । उनीहरुको घरमा चार बहिनी र एक भाइ रहेका छन् । राम्रोसँग हेरबिचार गर्छु भन्दै घरबाट टाढा ल्याइएका उनीहरुलाई ती आफन्त पर्ने महिलाले आफ्नो टाढाको नातेदार मुन्नीको घरमा पुर्याइन् । महिलालाई पाँच सय रुपैयाँ दिइन्ः जानकारीका अनुसार, घरमा काम गर्नका लागि मुन्नीले दुबै बालिकाहरुलाई आफ्नो घरमा राखेकी हुन् । यसका लागि उनले ती महिलालाई पाँच सय रुपैयाँ पनि दिएको बुझिएको छ । तर १९ फेब्रुअरीमा उनले आफ्ना ३५ वर्षीय छोरा राजुसँग वर्षाको विवाह गराइदिइन् । वर्षाकी बहिनी पनि त्यहि घरमा नै बस्दै आएकी थिइन् ।
स्रोतः वानइन्डिया
बालिकामाथि ज्यादतीः गरियो ३५ वर्षको पूरुषसँग विवाह
