गृहकार्य नगर्दा यस्तो सजाय ?

सल्यान, फागुन १३ – सल्यानमा सदरमुकाम खलंगामा रहेको एक निजी विद्यालयका शिक्षकले सोमवार आफ्नै विद्यालयमा अध्ययनरत एक वालीकाको कपाल उखेलिदिएका छन् । शारदा नगरपालीका वडा न २ निवासी ७ वर्षीया वालीका समिक्षा राईको क्रेटिभ एकेडेमि खलंगाका शिक्षक घनश्याम गिरीले कपाल उखेलिदिएका हुन् । बालिकाको वुवा सेवक राईका अनुसार पिडित समिक्षा राई क्रेटिभ एकेडेमीमा कक्षा एकमा अध्यनरत छिन् ।
yatana
होमर्वक वुझाउन जाँदा शिक्षक गिरीले एक्कासी कपाल समातेर उखेलेको बालिका समिक्षाले वताएकी छन् । शिक्षकले कपाल उखेलेको दिनदेखि बालिका स्कुल नगएको अभिभावकले जनाएका छन् ।
यता जिल्ला शिक्षा कार्यालय सल्यानका जिल्ला शिक्षा अधिकारी जगन्नाथ उपाध्याले शिक्षक घनश्याम गिरीले कार्यालयमा आएर आफ्नो गल्ति स्वीकार गदै माफी मागेको र आगामी दिनहरुमा यस्ता गल्ती नदोहोराउन प्रतिवद्धता जनाएको बताए ।
जिल्लामा कतिपय विद्यालयहरुमा दण्डरहित शिक्षा लागु भएको भएतापनि निजी विद्यालयहरुमा पटकपटक विद्यार्थीहरुलाई चरम यातना दिने गरिएको अभिभावकहरुले गुनासो गर्ने गरेका छन् ।source ratopati