इन्दिरा भन्दैछिन्-‘मलाई मायाको बिच्छीले डस्यो’

कुनै वेला केटाहरुलाई निकै हेपें भन्ने इन्दिरा जोशी अहिले पनि प्रेमी नपाएको गुनासो गर्छिन् । उनै गायिकाको स्वर रहेको आईटम गीत ‘बिच्छीले डस्यो मलाई’ अहिले चर्चामा छ । यसमा उनले आफुलाई मायाको बिच्छीले डसेको कुरा गरेकी छिन् । लय संग्रौला निर्देशित चलचित्र ‘लोग्नेमान्छे’ मा रहेको गीतमा इन्दिराको स्वर रहेको छ भने संगीत चेतन सापकोटाले दिएका छन् । आईटम गीत गाएरै चर्चामा आएकी इन्दिराले यो गीत तन्नेरी पुस्ताका दर्शकलाई मन पर्ने धारणा राखिन् । बैशले उन्मत युवति कुनै युवकको गठिलो शरीरप्रति लोभिएजस्तो लाग्छ गीतको भाव सुन्दा । किनकी बैशको रापले आफु मात्तिएको कुरा महिला पात्रले पटक पटक दोहोर्‍याएकी छिन् गीतमा । दिलीप रायमाझी र नन्दिता केसीको मुख्य भुमिका रहेको यो फिल्म माघ २३ गतेदेखी प्रदर्शन हुने भएको छ ।