प्रेममा धोका दिनेहरु नेता बन्छन्
यदि तपाइँले कहिल्यै प्रेममा धोका दिनुभएको छ भने बुझ्नुहोस् तपाइँमा राजनेता हुने गुण छ । ‘जनतालाई धोका दिने मान्छे पो नेता हुन्छन्’ भन्ने ठान्नुहुन्छ होला किनकी हाम्रोमा नेताहरुले जनतालाई धोका दिने गरेका छन् । तर एक अध्ययनले भने प्रेममा धोका दिने मान्छे राजनेता बन्ने देखाएको छ ।
डेलीस्टारमा छापिएको एक रिपोर्ट अनुसार जो मानिसहरु प्रेममा धोकाधडी गर्छन् त्यस्ता मान्छेहरु राम्रो राजनेता बन्न सक्छन् । शोधकर्ता मनोविज्ञ लूसी रेडफोर्डका अनुसार प्रेमजस्तो महान चिजमा समेत धोका दिनसक्ने त्यस्ता निष्ठूरी मानिसहरुलाई लाग्दछ की मैले जसलाई पनि धोका दिनसक्छु र कुनै विवाद विना समस्याबाट बाहिर निस्किन सक्छु । प्रेममा धोका दिन सकेको सफलताको आधारमा यस्ता धोकेबाजमा एउटा आत्मविश्वास हुन्छ की यदि आफु कुनै विवादमा फसेमा आफैले उक्त विवादबाट बाहिर निस्किने बाटो खोज्न सकिन्छ ।
शोधकर्ताहरुले आफ्नो अध्ययनका क्रममा १ हजार जनामा अध्ययन गरेका थिए । अध्ययनमा सहभागी गराइएकाहरु प्रेममा धोका दिएका धोकेबाज नै थिए । शोधकर्ताहरु यो कुरा थाहा पाएर निकै अचम्ममा परे की ती १ हजार जना धोकेबाज मध्ये २ सय ३५ जना त राजनीतिमै सक्रिए थिए । धोकेबाज मध्येका अधिकांस मानिसहरु सरकारी कार्यालय, संसदीय काम, राजनीतिक नेता तथा स्थानीय परामर्शदाता लगायतका पेशामा सहभागी रहेको पाइयो ।
प्रेममा मात्र होइन राजनेताहरु वैवाहिक जिवनमा समेत निकै धोकेबाज हुँदा रहेछन् । क्लेरी पेज नामक एक डेटिङ वेबसाइटले समेत गन्यमान्य प्रतिष्ठित हाइप्रोफाइल राजनेताहरु समेत आफ्नो श्रीमती बाहेक अन्य महिलासँग डेटिङ गर्ने गरेको खुलासा गरेको छ । राजनेताहरु धोकेबाज हुने गरेको दृष्टान्तलाई सूचिबद्ध गरेको उक्त वेबसाइटले बिल क्लिन्टन देखि लिएर बेलायती पूर्व उपप्रधानमन्त्री जोन प्रेस्कट र लेबर पार्टीका सांसद डेभिड ब्लंकेट लगायतका नाम अग्रपंक्तिमा राखेको छ, जो आफ्नो श्रीमती बाहेक दोश्रो महिलासँगको सम्बन्धका कारण कुनै समय चर्चित रहेका थिए ।