नदिमा खस्यो ट्रान्सएसियाको विमान, १२ को मृत्यु
ताइपे, माघ २१– ताइवानको राजधानी ताइपेमा बुधबार एक विमान दुर्घटनाग्रस्त भएर नदिमा खसेका कारण कम्तीमा पनि १२ को मृत्यु भएको छ । एक टेलिभिजन रिपोर्टका अनुसार, ५८ यात्रु बोकेको ट्रान्सएसियाको विमान दुर्घटनाग्रस्त भएर नदिमा खसेको थियो ।
घटनामा १२ मानिसहरुको मृत्यु भएको छ जबकी १६ मानिसहरुलाई चोट लागेको छ । बाँकी रहेका ३० मानिसहरुलाई भने गिन्ती गरिएको छैन । सिन्डी सुई भन्छन्, ‘प्लेनमा भएका धेरै मानिसहरु अझै प्लेन भित्रै छन् । ’ ताइवान पर्यटन ब्यूरोका एक अधिकारीले विमानमा सवार मानिसहरु मध्ये ३१ जना चिनियाँ पर्यटक रहेका छन् । यद्यपी, विमान दुर्घटनाको कारण भने पत्ता लगाउन सकिएको छैन । एटिआर–७२ टर्बो–प्रो ताइपेको सङ्ससाना एयरपोर्टबाट उडेको थियो ।
गत वर्षको जुलाईमा ट्रान्सएसिया एयरवेजको एक विमान पेन्घु द्विपको रनवेमा उडानको दौरान दुर्घटनाग्रस्त हुँदा ४८ को मृत्यु भएको थियो ।