प्रहरी संगठनभित्रै बलात्कृत हवल्दार सुन्तलीको कथा -”हवल्दार सुन्तली”

प्रहरीबाटनै बलात्कृत भएकी प्रहरी हवल्दार सुन्तली धामीको संघर्षशिल जीवनीमा आधारित चलचित्र “हवल्दार सुन्तली”को ट्रेलर सार्बजनिक भएको छ | आफ्नै सहकर्मीबाट बलात्कृत भएकी सुन्तलीको जीवनमा आधारित चलचित्र हो |उनले सहकर्मीबाट बलात्कृत हुदा भोग्नुपरेको पीडालाई यो चलचित्रमा जस्ताको त्यस्तै प्रस्तुत गर्न लागिएको हो |चलचित्रमा सुन्तलीको भूमिकामा शिल्पा पोख्रेल देखिएकी छन | म्युजिक भिडियोमा अभिनय गर्दा गर्दै फिल्ममा आएकी शिल्पाले यो फिल्मवाट आफु आशावादी भएको बताइन् ।फिल्ममा शिल्पा कामुक रुपमा प्रस्तुत भएकी छिन् । ऋषि लामिछानेको निर्देशन रहेको यस फिल्ममा सबिन श्रेष्ठ र किशोर खतिवडाले मुख्य भुमिका निर्वाह गरेका छन् ।

ट्रेलर :