भेडा चराउँदा साढे २ करोडको सुन भेटेपछि
बेइजिङ, माघ २४ – चीनको ग्रामिण भागमा
रहेका एक भेडा गोठालोले साढे दुई करोड (१ सय ६३ हजार पाउण्ड) मूल्य बराबरको
सुनको ढिक्का फेला पारेका छन् । भाग्यमाथि ती गोठालोले जमिनामा त्यतिकै
रहेको अवस्थामा १७ पाउण्ड तौल भएको उक्त सुन फेला पारेका हुन् । २३
सेन्टिमिटर लामो र १८ सेन्टिमिटर चौढाई भएको उक्त सुनको मूल्य १.६ मिलियन
युआन रहेका बताइएको छ ।
जिनजियाङ प्रान्तको सुदुर पश्चिम भागमा
भुइँमा त्यतिकै फालिएको अवस्थामा ती भाग्यमानी व्यक्तिले सुन फेला पारेको
स्थानीय मिडियालाई बताएका छन् । यद्यपि उनलाई नै त्यो सुन राख्न दिइने
बारेमा अझै यकिन हुन सकेको छैन । सुन उत्पादन गर्ने देशको शीर्ष स्थानमा
लगातार ८ वर्ष चीन रहँदै आएको छ ।
