अमेरिकी र बेलायतीको घाँटी रेट्ने आइएस लडाकु बेलायती भएको खुलासा

काठमाडौं । इराक र सिरियामा पछिल्लो समयमा हिंशात्मक गतिविधि गरिरहेको इस्लामिक अतिवादी संगठन इस्लामिक स्टेट आइएसका लडाकु बेलायती नै भएको खुलासा भएको छ ।आइएसले आफ्नो नियन्त्रणमा लिएका व्यक्तिहरुको घाँटी रेटेर हत्या गर्दा मुखुण्डो लगाएर उभिएको देखाइएका व्यक्ति कुवेतमा जन्मिएका बेलायती नागरिक पश्चिमी लण्डनका मोहम्मद इम्वाजी रहेको बीबीसीले उल्लेख गरेको छ ।

आइएसले उनलाई ‘जिहादी जोन’ नाम दिएको छ । उनी पहिलो पटक अमेरिकी पत्रकार जेम्स फोलीको हत्याका समयमा सन् २०१४ को अगस्टमा भिडियोमा देखिएका थिए ।इम्बाजी बेलायती नागरिक रहेको पहिले नै बेलायती सुरक्षा संयन्त्रलाई जानकारीइ भएपनि अनुसन्धान जारी रहेका कारण सार्वजनिक नगरिएको बीबीसीले जनाएको छ ।