अख्तियार को आगनमा लोकमान कि छोरीको बिहे यसरी भयो ..भिडियो सहित हेर्नुहोस
खिलराज रेग्मीको सरकारले अख्तियार प्रमुख लोकमान कार्कीलाई आयोगको प्रमुख आयुक्त नियुक्त गरेपछि उनी अख्तियार परिसरभित्रै रहेको प्रमुख आयुक्तको निवासमा परिवारसहित बस्दै आएका छन्। त्यसैले उनले छोरी अन्माउन बानेश्वरको पुर्ख्यौली घरको साटो यही निवास रोजे।
जहा विहीबार विहान एक फरक दृश्यसहितको हर्षबढाई भयो । संवैधानिक निकायको सबैभन्दा संवदनशिल आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले यही ठाउँ किन रोजे । धेरैका धेरै थरी भनाई हुन सक्छन् । तर उनले यसो गर्नुमा मुख्यतः ज्वाईराजालाई आफ्नो सरकारी ओहोदाको यथेष्ट शान र सम्मान दिनु थियो जस्तो छ । विहीबार विहान दुई घोडासहित ‘शाही बग्घीमा राज भएर अख्तियार प्रमुख लोकमानसिंह कार्कीका ‘ज्वाइँ राजा टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुख्य कार्यालयभित्र बिहीबार प्रवेश गरे। उनीसँगै तीन गाडी लस्करै भित्र छिर्यो। जहाँ उनले आफुले हरेक जोकोहीलाई पनि दिनैपिच्छे बयान र बाजी गर्न मिल्ने सुन्दरता, र शान थियो । पछिल्लो समय सबैले नियाल्ने गरेको अख्यिारका कामकारबाही र अख्तियार प्रमुखको गतिविधीलाई यतिबेला सबैले सधै चर्चा गरिरहने गरी अर्को मसला थपिएको छ । लोकमानले आफ्नी छोरीको बिहे ऐतिहासिक रुपमा सम्पन्न पार्न ५१ जना जन्तीसहितका ज्वाईराजालाई त्यही निवासमा शानका साथ भित्र्याए । कार्कीले बिहेका लागि आफन्ततर्फ पनि निकटतम सदस्यहरुलाई मात्रै निम्तो गरेका थिए। बिहेमा फर्स्ट कजन र १३ दिने दाजुभाइलाई मात्रै निम्तो थियो। टंगालमै उनले जन्ती र आफन्तका लागि प्रीतिभोज दिए। त्यो पनि मासुरहितको अख्तियारी दिएर । आफन्तलाई नगद तथा जिन्सी दुवै उपहार नलिई आउन कार्कीले आग्रह गरेका थिए। संवैधानिक निकायको प्रमुख भए पनि कार्कीले छोरीको बिहेमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु कसैलाई निम्तो दिएका थिएनन्। सायद त्यो निवासको दुरुपयोगका बारेमा आमरुपमा तत्कालै सबैबाट त्यसको प्रतिवाद ठानेर हुन सक्छ । पर्यटकीय बससँगै थप दुई वटा साना गाडीमा आफन्त थिए। बिहान नौ बजेर ५० मिनेट जाँदा भित्र प्रवेश गरेका जन्ती महिला कम्मर मर्काउन तम्तयार भईहाले । जहाँ त्यो गर्न पूर्ण रुपमा मनाही थियो । के थाहा जन्ती आएकालाई त्यो कुरा र अख्तियारीको इज्जत ? केही समयअघि इन्गेजमेन्ट र बुधबार साइपाटा पनि यही निवासमा लगिएको थियो। जन्ती महिला धेरै समय चुप बस्न सकेनन्। कार्की परिवारले जन्ति पर्सनु अघि नै दुलाहा पट्टीको ब्यान्ड बाजा घन्कन थाल्यो भन सोल्टी, बरोबर नढाँटी।‘ जन्ती महिला त्यहीँ कम्मर मर्काउन थाले। भिडियो बग्घीमै बसिरहेका दुलहा सुभाशीष थपलियालाई साथीहरुले जिस्काए। उनी पनि मूडमा थिए, मुस्कुराए र भने, कम अन इन्ज्वाय ..... जन्ती कार्की क्वार्टर नजिकै पुग्दा लोकमान श्रीमती सुनीतालाई लिएर जन्ती पर्सन आइपुगे। जन्ती पर्सनुअघि आकाशबाट हल्का वर्षा भएपछि लोकमानका लागि उनका सुरक्षाकर्मीले छाता ओढाए। हातमा अक्षता र फूल बोकेका लोकमानले पनि मुस्कुराउँदै जन्तीलाई अगाडि लगाए। त्यसपछि दुलही डा आध्याश्री कार्की आइन् र वरमाला साटासाट गरिन्। लोकमानले त्यसपछि दुलहालाई अघि लाउँदै जग्गेमा लगे र हिन्दु परम्परा अनुसार बिहे प्रक्रिया अघि बढ्यो। आध्याश्रीले पोखरा मणिपाल शिक्षण अस्पतालमा चिकित्सा शास्त्रमा एमबिबिएस गरेकी हुन्। जापानी कार माज्दाको नेपालस्थित अधिकृत विक्रेता पद्मश्री ग्रुपका अध्यक्ष रोहिणी थपलियाका जेठा छोरा सुभाशीष भने सिंगापुरमा आइटी कम्पनी चलाउँछन्। उनले स्कटल्यान्डबाट इन्जिनियरिङ गरेका हुन्। चुपचाप यति भईसकेपछि अबको २४ घण्टामा लोकमानकी छोरीको विहेभन्दा भन्दा सार्वजनिक स्थानमा लोकमानकै चर्को आलोचनाको विहे कसरी होला अनि यसको प्रतिक्रिया कसरी अनि कति धेरै आउलान् ? हेर्न बाँकी छ । | |
