आजको राशिफल हेर्नुस्. वि.सं.२०७१ साल चैत 4 गते। बुधबार।

  • मेष
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    समाजमा मान सम्मान वृद्धि हुनेछ। धन प्राप्तिमा मित्रको प्रशस्त सहयोग मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ।
  • वृष
    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    पठनपाठनमा मन नलाग्ला। पारिवारिक सम्बन्धमा सुधार आउनेछ। व्यापार व्यवसायमा लाभ हुनेछ।
  • मिथुन
    का, कि, कु, घ, ङ, छ, के, को, हा
    सन्तानको सहयोगले कार्यहरू बन्नेछन्। साहित्यिक क्षेत्रमा प्रगति हुनेछ। आय आर्जनमा अवरोध आउन सक्छ। वैदेशिक व्यापारमा झमेला हुनेछ।
  • कर्कट
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    मनमा द्विविधा बढ्नेछ। अनावश्यक चिन्ताले सताउनेछ। राजनीतिक अन्योलताले तनाव उत्पन्न गराउला। अध्ययनमा सफलता मिल्नेछ।
  • सिंह
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    धार्मिक कार्यमा रुचि बढ्नेछ। सिर्जनात्मक लेखनका क्षेत्रमा प्रगति हुनेछ। दाजुभाइको सहयोग प्राप्त हुनेछ।
  • कन्या
    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    पारिवारिक मनोमालिन्य घट्नेछ। कृषिकार्यमा सफलता मिल्नेछ। नयाँ साथी बनाउने अवसर मिल्नेछ। दायाँ अंगमा पीडा हुनेछ।
  • तुला
    रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    मान्यजनको सहयोग प्राप्त हुनेछ। शारीरिक दुर्बलता बढ्न सक्छ। रमाइलो यात्रा हुनेछ। आध्यात्मिक क्षेत्रमा सफलता मिल्नेछ।
  • वृश्चिक
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    दाम्पत्य जीवन सुखमय बन्नेछ। वैदेशिक यात्राको योग छ। खानपानमा विशेष सावधानी अपनाउनु पर्ला।
  • धनु
    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    अधुरा काम बन्नाले मानसिक प्रसन्नता छाउनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ।
  • मकर
    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
    प्रेमीप्रेमिकाबीच सम्बन्ध प्रगाढ बन्नेछ। शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। कार्यमा सम्मान प्राप्त हुनेछ।
  • कुम्भ
    गु, गे, गो, सा, सि, सु, से, सो, दा
    दैनिक कार्यमा परिवर्तन हुनेछ। कार्यमा उत्साह बढ्नेछ। आम्दानीका स्रोतहरू फेला पर्नेछन्।
  • मीन
    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    प्राविधिक क्षेत्र सबल रहनेछ। कला क्षेत्रमा सुधार आउनेछ। स्थानान्तरणको योग रहेको हुँदा नयाँ योजना बन्नेछन्।