तपाइँ पनि होसियार हुनुहोस ..मोवाईल चार्ज गर्न लाग्दा करेन्ट लागेर दुईको मृत्यु
हेटौडा, फाल्गुन १७ - मोवाईल चार्ज गर्न लाग्दा हाईभोल्टेजका कारण करेन्ट लागेर आइतवार वेलुका दुई युवाको मृत्यु भएको छ । हाईभोल्टेजका कारण करेन्ट लागेर मृत्यु हुनेमा मकवानपुरगढी गाविस ९ का १९ वर्षीय अनिल जिम्वा र १८ वर्षीय विशाल परियार रहेका छन् ।
हुरीवताससंगै चट्याङ परेर विद्युतको तारमा हाईभोल्टे प्रवाह भएको अवस्थामा मोवाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर यी दुई युवाको मृत्यु भएको हो । जिम्बा र परियार छिमेकी हुन ।
करेन्ट लागेर वेहोस भएपछि उपचार गर्न हेटौडा अस्पताल ल्याउने क्रममा दुवैको वाटोमा मृत्यु भएको प्रहरी उपरिक्षक प्रकाश जंग कार्कीले वताए । शुक्रवार चट्याङ परेर मन्थली र राक्सिराङ गाविसमा तीन जनाको मृत्यु भएको थियो । मकवानपुरमा चट्याङका कारण ८ महिनामा १५ जनाको मृत्यु भइसकेको छ । ३३ जना घाइते भएका छन । सिंगो मकवानपुर चट्याङ प्रभावित क्षेत्र हो