कोरिया पठाइदिने भन्दै लाखौं ठगी
ठगीमा संलग्न एकलार्इ ठगिएकै युवाले समाए
काठमाडौं : वैदेशिक रोजगारीका लागि कोरिया पठाइदिने भन्दै लाखौं ठगी गर्ने गिरोहका एक सदस्य पक्राउ परेका छन् । गिरोहका चार जानमध्ये एकलार्इ ठगिएकाहरुले नै नियन्त्रणमा लिर्इ वैदेशिक रोजगार विभागको तीनकुनेस्थित कार्यालयमा बुझाएका छन् ।
ठगिएकैहरुकै नियन्त्रणमा पर्नेमा युनाइटेड एचआर कन्सल्ट्यान्ट नयाँ बानेश्वरकी निर्देशक अप्सरा श्रेष्ठ रहेकी छन् । उनलाई ठगिएकाहरुले पक्रेर वैदेशिक रोजगार विभागको तीनकुनेस्थित कार्यालयमा बुझाएका हुन्।
कोरियामा कार्गो र पानीजहाजमा काम मिलाइदिने भन्दै अप्सरासहित चारजनाले ४० जना युवाबाट ४ करोड रुपैयाँ ठगी गरेको खुलेको छ ।
ठगिएकाहरुमा धरान-१३ सुनसरीका शंकर गुरुङ, सामाखुसी काठमाडौंका योगेन्द्र परियार, लमजुङका दाजुभाइ इन्द्र बहादुर र रुद्रबहादुर अधिकारी, रुपन्देहीका अमरकाजी श्रेष्ठ, धनकुटाका मनबहादुर मगर, धादिङका सानुभाइ सापकोटा, पाल्पालका खिमबहादुर पछार्इ, धरानका दिपेन लिम्बू र नारायणघाटका सरोज पाण्डेसहित ४० जना रहेका छन् ।
'हामीसहित ४० जनाबाट उनीहरुले ८८ लाख रुपैयाँ ठगेको पाइयो', ठगीमा परेका शंकर गुरुले अन्नपूर्णलाई भने, 'कोरिया उड्न विमानस्थल पुगेपछि मात्र उनीहरुले बनाएका सबै कागजपत्र नक्कली भएको थाहा पायौं ।'
कोरियाबाहेकका विभिन्न मुलुकमा काम मिलाइदिने भन्दै उनीहरुले अन्य युवाहरुबाट पनि एकएक लाख रुपैयाँ पेश्की उठाएर ठगी गरेको खुलेको छ ।
ठगीमा संलग्न गिरोहका शारदाकुमार मगर, प्रकाश तिवारी र देवान पुन: फरार रहेका छन्। यो ठगी प्रकरणमा वैदेशिक रोजगार विभाग र श्रम तथा यातायात मन्त्रालयका कर्मचारीले पनि ठगीमा संगल्नहरुसँग मिलेर ३० देखि ५० लाख रुपैयाँ घुस खाएको पीडितहरुले दाबी गरेका छन् ।
ठगीमा संलग्नहरुले युवाहरुलार्इ झुलाउँदै बारम्बार टिकट क्यासिलन भएको र एग्रिमेन्ट चाडैँ आउने भन्दै झुक्याएका थिए । ठगीमा परेका युवाहरु सोमबार बिहानै वैदेशिक रोजगार विभागको तीनकुनेस्थित कार्यालयमा जम्मा भएका छन् ।