तीन जना समलिङ्गी पुरुषले गरे एक–अर्कासँग विवाह
अहिलेसम्म तपाईंले महिला–पुरुषबिचको विवाह, प्रेमी–प्रमिका बिचको विवाहको कुरा त सुन्नुभएकै होला तर यहाँ त अचम्मै भएको छ । बैंककको थाइल्याण्ड शहरमा तीनजना समलिङ्गी युवाहरुले एक–अर्कासँग विवाह गरेका छन् । यस्तो विवाहसँगै यो संसारको पहिलो विवाह बनेको छ जहाँ तीनजना मानिसहरुले एक–अर्कासँग विवाह गरेका छन् । जोक (२९), बेल (२१) र आर्ट (२६) ले एकअर्कासँग विवाह गर्न भ्यालेन्टाइन्स डे को साइत जुराएका थिए । थाइल्याण्डको थानी प्रान्तमा अवस्थित उनीहरुको घरमा एक–अर्कासँग सात जुनीसम्म सँगै बस्ने कसम खाएका छन् ।
यो विवाहसँगै उनीहरु संसारका पहिलो त्यस्तो दुलाहा बनेका छन् जसले बिना दुलही नै एक–अर्कासँग विवाह गरेका छन् । उनीहरुको तस्बिरले इन्टरनेटमा तहल्का नै मच्चाइरहेको छ । आफ्नो यो दिनलाई संसारको सबैभन्दा खुसी दिन भएको बताउने उनीहरु सुट बुटमा सजिँदै एक–अर्कासँग औँठी साटासाट गरेका छन् । फित्सानुलोक प्रान्तमा बस्ने बेलले भने, ‘मेरो बिचारमा हामी एकै लिंगका तीन व्यक्ति विवाहमा बाँध्नु संसारको पहिलो घटना हो ।
’ ‘कोहीले हाम्रो विवाहलाई मान्दैनन् होला र हाम्रो निर्णयप्रति अचम्मित पनि होलान् तर मलाई विश्वास छ हाम्रो निर्णयमा थुप्रै मानिसहरुले समर्थन गर्नेछन् । आखिरमा माया भनेको त माया नै हो नि ।’ थाइल्याण्डमा एउटै सेक्सको विवाहलाई मान्यता नदिएता पनि उनीहरु तीनजनाले आफ्नो मायालाई बौद्ध धर्मको प्रतिकात्मक सूत्रमा बाँध्न सफल भएका छन् ।
चियाङ माई प्रान्तका आर्टले उथाई थानी प्रान्तका जोकलाई बिजनेसको सिलसिलामा सन् २०१० मा भेटेका थिए । एक–अर्काको भावना बुझेपछि उनीहरु प्रेम सम्बन्धमा बाँधिए । विगत पाँच वर्षदेखि लिभिङ टुगेदरमा बसिरहेका उनीहरुलाई आफूहरु समलिङ्गी भएको पहिले नै थाहा थियो ।
यसका साथै फित्सानुलोक युनिभर्सिटीमा म्यानेजमेन्ट पढिरहेका बेलले यी दुई जोडीलाई विभिन्न पार्टीहरुमा भेट्ने गरेका थिए । आफूहरु प्रेममा परेको थाहा पाउनुभन्दा पहिले नै उनीमा एकअर्काप्रतिको भावना परिवर्तन भइसकेको थियो । जब बेल एक रोगका कारण हस्पिटलमा भर्ना भए तब उनीहरु तीनजना छुटिनै नसक्ने भए । जसकारण जोक र आर्कले उनलाई उनीहरुसँग विवाह गर्न आग्रह गरे । यसका लागि बेलले एउटा मात्र शर्त राखे र भने जोक र आर्टले उनको परिवारसँग उनको हात माग्नुपर्ने हुन्छ । आर्टले भने, ‘जब बेल हस्पिटलमा थिए तब हामी तीनैजनालाई एक–अर्काप्रति केहि भावना भएको थाहा भयो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस