प्रचण्ड धोकेबाज र गद्दार हुन् : विप्लब

नेकपा माओवादीका महासचिव नेत्र बिक्रम चन्द बिप्लवले शहिदको सपना पुरा गर्न आफु तयार रहेको बताउनु भएको छ।
चितवन - नेकपा माओवादीका महासचिव नेत्र बिक्रम चन्द बिप्लवले शहिदको सपना पुरा गर्न आफु तयार रहेको बताउनु भएको  छ । १० हजार नेपालीलाई सहिद बनाएर प्रचण्डले जनयुद्धको नाममा अधुरो क्रान्ति गरेर सहिदका सपनालाई लात हानको आरोप लगाउदै सहिदका सपना पुरा गर्न आफुले नया क्रान्तिको बाटो रोजेको बताउनु भएको हो ।

२० औ जनयुद्ध दिवसको अवसरमा भरतपुरमा आयोजित सहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रममा बोल्दै महासचिव बिप्लपले जनताका अधुरा सपना पुरा गर्न एकिकृत जन क्रान्तिको कार्यदिशा अब्लम्वन गरि पाटी अगाडी बढेको बताउनु भयो । शहिदको रगतले माओवादी पाटी जन्माएको बताउदै उहाले शहिदको रगतमा फैलिएको पाटीले बाटो नबिराईकन हजारौ सहिदका सपना पुरा गर्ने प्रतिबद्धता प्रकट गर्नु भयो । ईतिहासमा सवैभन्दा धोकेबाज र स्वार्थी नेता प्रचण्ड भएको बताउदै उहाले आफुहरुले पाटि छोडेको नभै प्रचण्ड माओबादिको प्रस्ताव र जनता छोडेर भागेको आरोप लगाउनु भयो । प्रचण्डले नव सामन्तबादको पक्षपोषण गरी जनयुद्धका मुद्धा भुलेकाले काग्रेस र एमालेले राज्य सत्ताको दूरुपयोग गरी माओबादी लाई नोक्करको ब्यवहार गर्न तम्सिएको बताउनु भयो  ।

सरकारमा रहेका दलले रोल्पामा गएर गरेको प्रतिबद्धता पुरा नगरी माओबादी र जनतालाई अधिकार बिहिन बनाए हतियार उठाउने उहाले चेतावनि दिनु भयो ।  काग्रेस र एमालेले माओबादिका माग्लाई सम्बोधन नगरी हेप्ने,पेल्ने र हतियारले दवाउने कुरा गरे त्यहि हतियार उठाएर उनिहरुकै ग्रर्धनमा प्रहार गर्ने उहाको भनाई  छ । अवको लडाई सेना र पुलीससंग नभै काग्रेस र एमाले भित्रका सामन्त र दलालहरु संग हुने भन्दै उहाले बेलैमा सचेत भएर माओबादिका मागलाई सम्बोधन गर्न आग्रह गर्नुभयो । 

कार्यक्रममा चितवन जिल्लाबाट सहिद भएका १०२ जना सहिदका परिवारहरुलाई प्रमाण पत्र र दोसल्ला ओडाएर सममान गरिएको थियो । माओवादी चितवन जिल्ला सेक्रेटरी महेशको अध्यक्षतामा भएको कार्यक्रममा माओबादीको स्थाई कमिटी सदस्य धर्मेन्द्र बास्तोल, पोलिट ब्युरो सदस्य पदम राई , केन्द्रिय सदस्य गुणराज लोहनी, चितवन जिल्ला ईन्चार्ज चिरन पुन लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण केशवले गर्नु भएको थियो ।