बलात्कारीलाई फाँसी माग्दै प्रधानमन्त्री निवास अगाडी प्रदर्शन
काठमाडौं: बारा कलैयाकी सात वर्षीया बालिकालाई बलात्कार गर्ने दोषीलाई फाँसीको सजाय माग गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडी बुधबार बिहान प्रदर्शन भएको छ।
अखिल क्रान्तिकारीको आयोजनामा प्रदर्शन भएको हो।बालिका बलात्कारीलाई सरकारले कुनै कारबाही नगरेको भन्दै क्रान्तिकारी विद्यार्थीले प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाएका छन्।
अखिल क्रान्तिकारीको आयोजनामा प्रदर्शन भएको हो।बालिका बलात्कारीलाई सरकारले कुनै कारबाही नगरेको भन्दै क्रान्तिकारी विद्यार्थीले प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाएका छन्।
मंगलबार प्रदर्शनकारीले बारा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयअगाडिको सडकमा शव दिनभर राखेर प्रदर्शन गरेको थियो। प्रदर्शनमा कलैयाका सर्वसाधारण, महिला, युवा, विद्यार्थी, राजनीतिक दलका नेता र कार्यकर्तासहित हजारौं सहभागी थिए। बालिकाको कलैयाको शव भरतचोकमा पाल टाँगेर राखेको थियो।
सडकमा राखिएको बलात्कृत छोरीको शव छेउमै बसेका बाबु नारायण साहले रुँदैबलात्कारीलाई फाँसीको सजाय नभएसम्म छोरीको शव नउठाउने र न जलाउँने अठोट लिएका थिए।यस्तै बेटी बचाउ संघर्ष समितिले पनि कानुनमा बलात्कारीलाई फाँसीको सजाय हुने व्यवस्था नभएसम्म शव सडकमै राख्ने निर्णय गरेको छ।