औषधिको शिशीभित्र चक्लेटको खोल ! कतिसम्म हेलचेक्र्याईँ.?

फोटो :लोम फर्माले उत्पादन गरेको खोकीको डिटस औषधिको शिशीमा भेट्टिएको चक्लेटको खोल (गोलो घेरामा) । फोटो : रजेन्द्र केसी
काठमाडौं : मानवीय स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको औषधि बनाउन कतिसम्म हेलचेक्र्याईँ हुन्छ भन्ने गतिलो प्रमाण बुधबार फेला परेको छ । लोमस फर्म्यास्युटिकल्स काठमाडौंले उत्पादन गरेको खोकी झोल औषधिको शिशीभित्र चक्लेटको सिंगै खोल भेट्टिएको छ ।

भक्तपुरको ठिमीस्थित एक मेडिकल पसलमा उपभोक्ताले खरिद गरेको डिटस नामको खोकीको औषधिको शिशामा चक्लेटको खोल भेटिएको हो ।
भक्तपुरको ठिमीका विनोद श्रेष्ठ आफूलाई खोकी लागेपछि किनेको सो औषधिको शिशामा चक्लेटको खोल भेटिएपछि उनले उत्पादक कम्पनीमा समेत खबर गरेका थिए ।

‘औषधिको शिशीमा चक्लेटको खोल भेटिएपछि मैले औषधि कम्पनीलाई खबर गरेको थिएँ’, उनले अन्नपूर्ण पोस्ट्सँग भने, ‘कम्पनीले कम्जोरी स्वीकारेर सुधार गर्ला भनेको मेरो कुराको उल्टै बेवास्ता ग¥यो ।