जम्‍मु काश्‍मिरमा आएको बाढीमा मर्नेको संख्‍या १६ पुग्‍यो

श्रीनगर: जम्‍मु काश्‍मिरमा आएको बाढीमा परी मर्नेको संख्‍या १६ पुगेको छ। अविरल बर्षाका कारण भएको भू-स्लखनमा परी उनीहरुको मृत्‍यु भएको त्‍यहाका प्रहरी अधिकारीले बताएका छन्। उनीहरुका अनुसार बडगाममा ४ र  लादेन गाउमा ६ जनाको शव भेटिएको छ। एक जना माटोमा पुरिएर मरेको अवस्थामा भेटिएको छ। 
 
जम्‍मु काश्‍मिरमा आएको बाढीबाट  उद्धारका लागि राष्ट्रिय आपत्तकालिन फोर्सलाई परिचालन गरिएको छ भने आठ दलीय टोलीलाई घाटी नदी किनारमा पठाइएको छ। यसका साथै सैनिक दस्तालाई पनि हेलिकोप्टरमार्फत उद्धारका लागि खटाइएको छ। केन्द्र सरकारले बाढीपीडितका लागि तत्काल २ सय करोडको घोषणा गरेको छ। 
यता, प्रधानमन्त्री नरेन्द्र मोदीले जम्‍मु काश्‍मिरको केन्द्रीय मन्त्री मुख्तार अब्बास नकवीलाई त्‍यहाँको स्थिति बुझ्‍न र आवश्‍यक सहायता गर्न राज्‍यका अधिकारीलाई काश्‍मिर पठाउन निर्देशन दिएका छन्।