ठाडो अक्करे भिरमा यसरी कुँदाइयो साइकल (फोटो फिचर)

cycel  (1)
साइकल त के भित्तोमा च्वाप्पै समाएर समेत हिड्न डरलाग्दो छ रातो चट्टानहरुको यो ठाडो अक्करे भीर । तर एकजना युवाले भने यो भीरमा साइकल कुँदाएका छन् । चट्टानमै बनेको निकै साँघुरो तेर्सो गोरेटोमा मात्र होइन डरलाग्दो गरी माथिबाट तलसम्म साइकलमै झरेका छन्, ज्यानको पर्वाह नगरी ।
अमेरिकाको एरिजोनास्थित सेडोनाको रातो चट्टानी भीरको बीचमा कुँदिएको चर्चित ह्वाइट लाइन मार्गमा दुनियालाई नै तर्साउने गरी साइकल कुँदाउने साइक्लिस्ट हुन् पोल्याण्डका नागरिक ३० वर्षीय माइकल कोल्बेक ।
उनले डरलाग्दो भीरमा साइकल कुँदाएको र गुरुत्वबललाई नै पराजित गर्दै साइकल अक्करे भीडमा तलतिर गुडाएको साइकल नियन्त्रण लिएको दृश्य ड्रोनबाट खिचिएको थियो । एक मिनेटको यो भिडियोमा कोलब्याकले भीरको माथिल्लो बाटोमा कसरी साइकल कुँदाए भीरको पल्लो छेउँमा पुगेपछि साइकल मोड्नका लागि कसरी तल हुत्तिए र पुनः अर्को बाटोहुँदै फर्किए भन्ने देखाइएको छ ।
cycel  (2)
यो भीरमा यस्तो प्रकारले साइकल कुँदाउने उनी विश्वकै पहिलो साहसिक साइकल यात्री हुन् । यी डेयरडेभिल साइक्लिस्टले यसअघि पनि साइकलमै पहाडको टुप्पोबाट फेँदमा झर्ने विभिन्न स्टन्ट देखाएर चर्चा कमाउने गरेका थिए ।
‘म यस्तै खाले मुटु कँपाउने कामका लागि बाँचेको हुँ, दृश्य नखिचिएकै भएपनि मैले यो भीरको बाटोको सामना गर्ने नै थिएँ’, उनले भनेका छन् । आफुले यस्तो हिम्मतिलो काम गरेपछि यस्तो काम गर्नु सबैका लागि सुरक्षित नहुने भन्दै सिकारु साइकलयात्रीहरुलाई यस्तो मुर्खताको सिको नगर्न उनले सुझाव दिएका छन् ।
cycel  (3)