मिति: २०७१ चैत्र ३ मंगलवार तपाईको आजको राशिफल हेर्नुहोस

  • मेष
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    पारिवारिक सम्बन्ध सुखमय रहनेछ। पतिपत्नीबीच सद्भाव बढ्नेछ। मन प्रफुल्ल रहनेछ। सन्तान सुख प्राप्त हुनेछ।
  • वृष
    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    धार्मिक कार्यमा रुचि बढ्नेछ। अध्ययनअध्यापनमा सफलता प्राप्त हुनेछ। आय आर्जनको नयाँ स्रोत देखा पर्नसक्छ।
  • मिथुन
    का, कि, कु, घ, ङ, छ, के, को, हा
    पराक्रम बढ्नेछ। विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले मन प्रसन्न रहनेछ।
  • कर्कट
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    नारी वर्गको सहयोगले मानप्रतिष्ठा वृद्धि हुनेछ। समाजमा नयाँ कार्य गर्ने अवसर प्राप्त हुनेछ। कुरा काट्नेहरू बढ्नेछन्।
  • सिंह
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    मनमा उत्साह बढे पनि काममा स्थिरता आउनेछ। स्वास्थ्य सामान्य रहनेछ। रमाइलो यात्रा हुने अवसर मिल्नेछ।
  • कन्या
    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    अनावश्यक वादविवाद बढ्नाले मन विचलित रहनेछ। बोल्दा विचार पु:याउनुहोला। व्यवसायमा सामान्य लाभ मिल्नेछ।
  • तुला
    रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    व्यवसायमा अपेक्षाकृत आर्थिक लाभ मिल्नेछ। आँखामा समस्या देखा पर्न सक्छ। मानप्रतिष्ठा वृद्धि हुनेछ।
  • वृश्चिक
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    खोजअनुसन्धानमूलक कार्यमा रुचि बढ्नेछ। आफन्तसँग कारोबारमा मनमुटाव बढ्न सक्छ।
  • धनु
    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    प्रेमी प्रेमिकाबीचको सम्बन्ध प्रगाढ हुनेछ। यात्रा सफल बन्नेछ। शत्रु परास्त हुनेछन्।
  • मकर
    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
    स्वास्थ्यमा समस्या आउनाले दिन कष्टकर रहनेछ। आय आर्जनमा अवरोध आउनेछ। शत्रुमाथि विजय प्राप्त हुनेछ।
  • कुम्भ
    गु, गे, गो, सा, सि, सु, से, सो, दा
    मित्रजनको सहयोगले कार्यमा सफलता मिल्नेछ। पेटको समस्याले सताउन सक्छ। पढाइमा सुधार आउनेछ।
  • मीन
    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    व्यापारव्यवसाय सामान्य रहनेछ। आफन्तले धोका दिन सक्नेछन्। धार्मिक यात्राको योग छ। चोटपटक लाग्न सक्छ।