मोरङ प्रहरी प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालका अनुसार ती दुवैमाथि जबर्जस्ती करणी मुद्दा चलाइने तयारी छ।
पूर्वाञ्चलका मोरङ, झापा, संखुवासभा र
सातामा सात बलात्कार, दुई बालिका बाबुकै सिकार
विराटनगर-मोरङ, पथरीकी १३ वर्षीया बालिका सोमबार घुमफिर गर्न बस चढेर विराटनगर आइन्।
बसका सहचालक पथरीकै रुपेश राईले बसपार्कमा ओर्लनेबित्तिकै उनीमाथि आँखा लगायो। उसले ती बालिकालाई चिया पिउन सँगै कर गर्योप र फकाएर विराटनगर–१५ स्थित साथी सचिन सुब्बाको डेरामा पुर्यायो। बालिकालाई त्यहीँ दुवैले जबर्जस्ती करणी गरे।
बसका सहचालक पथरीकै रुपेश राईले बसपार्कमा ओर्लनेबित्तिकै उनीमाथि आँखा लगायो। उसले ती बालिकालाई चिया पिउन सँगै कर गर्योप र फकाएर विराटनगर–१५ स्थित साथी सचिन सुब्बाको डेरामा पुर्यायो। बालिकालाई त्यहीँ दुवैले जबर्जस्ती करणी गरे।
होहल्लापछि छिमेकीले प्रहरीलाई खबर गरे, प्रहरीले तत्कालै बालिकाको उद्धार गर्योल। सचिन र रुपेश पक्राउ परे।

झापामा शुक्रबार एकैदिन दुई बालिका बलात्कृत भएका छन्। बलात्कार घटनाविरुद्ध देशव्यापी अभियानअन्तर्गत नजिकै प्रदर्शन भइरहेका बेला बिर्तामोड बसपार्कमा १३ वर्षीया बालिका बलात्कृत भइन्। त्यसको केही घन्टामै दक्षिणी झापाको पृथ्वीनगरमा अर्की ११ वर्षीया बालिका उस्तै पीडाको सिकार हुनुपर्योन। त्यो पनि आफ्नै बाबुबाट।
प्रहरीका अनुसार शुक्रबार दिउँसो ३ बजे बिर्तामोड, नयाँ बसपार्क क्षेत्रमा स्थानीय सूर्यमान तामाङबाट १३ वर्षीया बालिका बलात्कृत भएकी हुन्। आमा नभएकी, बाबुले पनि अर्की आमा ल्याएपछि छिमेकीको आश्रयमा रहेकी ती बालिका आश्रयदाता परिवारको चियापसलको काममा सघाउँथिन्। सूर्यमानले आफ्नो निर्माणाधीन घरमा चिया मगाएपछि उनी चिया पुर्यायउन माथिल्लो तला उक्लेकी थिइन्। उनी त्यहीँ बलात्कृत भएकी हुन्। इलाका प्रहरी कार्यालय, बिर्तामोडका अनुसार हल्ला भएपछि आरोपीलाई तत्कालै पक्राउ गरिएको थियो।
त्यस्तै, दक्षिण झापाको पृथ्वीनगर–४ मा बाबुबाटै छोरी बलात्कृत भएकी छन्। प्रहरीका अनुसार आमा गाउँकै अर्कै पुरुषसँग दोस्रो विवाह गरेर गएपछि ११ वर्षे छोरी आमाकै पछि लागेकी थिइन्। शुक्रबार दिउँसो तामाङ थरका उनका ४३ वर्षे बुबा छोरी लिन पूर्व पत्नीको दोस्रो घर पुगेका थिए। बाबु नै लिन आएपछि उनी खुसीसाथ बाबुसँग घर फर्केकी थिइन्।
तर, उनको त्यो खुसी राति ८ बजेतिर भयंकर दशामा बदलियो। बाबुले अकल्पनीय आक्रमण गरेर बलात्कार गरेपछि उनी रुँदै चिच्याउँदै हिँडिन्। ‘छोरीलाई फकाएर घरमा ल्याएर बलात्कार गरेको देखिन्छ,' जिल्ला प्रहरी स्रोतले भन्यो। प्रहरीले बाबुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।
पछिल्ला चार दिनमा संखुवासभाको चैनपुर नगरपालिकाभित्र मात्रै तीन बालिका बलात्कृत भएका छन्। गत मंगलबारयता चैनपुरका विभिन्न स्थानमा ११, १२ र १३ वर्षीया बालिका बलात्कृत भएका प्रहरीले जनाएको छ। यसमध्ये एकजना आफ्नै बाबुद्वारा तथा अर्को बालिका सामूहिक बलात्कारका सिकार भएकी हुन्।
चैनपुर–१२, कटहरेमा शुक्रबार दिउँसो ४१ वर्षीय एक व्यक्तिले आफ्नै १३ वर्षीया छोरीलाई जबर्जस्ती गरेका छन्। पीडित बालिकाको बयानका आधारमा आरोपी बाबुलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी प्रमुख डिएसपी कमल थापाले बताए। थापाका अनुसार आफ्नै बाबुद्वारा घरमै पीडित भएकाले उनको पुनःस्थापना प्रयास भइरहेको छ।
गत मंगलबार भने चैनपुर नगरपालिकाभित्र एकैदिन दुई घटना भए। १२ वर्षीयालाई बलात्कार गरेको आरोपमा चैनपुर–९ का सूर्यबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ। घरमा कोही नभएको मौकामा मंगलबार दिउँसो आफूलाई आरोपी विकले जबर्जस्ती गरेको पीडित बालिकाले प्रहरीसमक्ष बताएकी छन्। विकविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गरिसकिएको डिएसपी थापाले जनाए।
मंगलबार नै बिहान २ बजे ११ वर्षीया बालिकामाथि भएको बलात्कारको घटनामा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ‘संलग्नहरुको पहिचान भइसकेको छ,' डिएसपी थापाले भने, ‘आशंका गरिएका सोही स्थानका प्रेम लिम्बूलगायत तीन युवक फरार छन्, उनीहरुको खोजी भइरहेको छ।' छिमेकीको बिहेमा गएर फर्कने क्रममा बालिकामाथि सामूहिक बलात्कार भएको प्रहरीले बतायो। यसअघि पीडित बालिकाले आफूलाई जबर्जस्ती गर्नेलाई ‘चिन्न नसकेको' बताएकी थिइन्।
पीडित तीनै जनाको स्वास्थ्य ‘रिपोर्ट' आइसकेको प्रहरीले जनाएको छ।
पूर्वी पहाडी जिल्ला तेह्रथुमको थोक्लुङ–२ मा मोबाइल चार्ज गर्न गएकी ६ वर्षीया बालिका छिमेकीबाट बलात्कृत भएकी छन्। छिमेकीको घरमा मोबाइल चार्ज गर्न गएकी ६ वर्षीया बालिकालाई स्थानीय १८ वर्षे प्रेमकुमार श्रेष्ठले बलात्कार गरेको हो।
बालिकाको जिल्ला अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनायो। घटनापछि फरार श्रेष्ठलाई तमोरघाटबाट शुक्रबार पक्राउ गरिएको छ।
थोक्लुङ–२ की ती बालिकालाई महिला तथा बालबालिका कार्यालय, तेह्रथुमले नगद १० हजार उपचार खर्च प्रदान गरेको छ। -