चार वर्षीय बालिकालाई जबरजस्ती करणी गर्ने ५९ बर्षका पाठक पक्राउ

पोखरा, फागुन । चार वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५९ बर्षका जीतबहादुर पाठक पक्राउ परेका छन् । गत फागुन २० गते दिउँसो पौने दुई बजेको समयमा कास्की जिल्ला भरतपोखरी गाविस वडा नंं. १ हाल लेखनाथ नगरपालिका वडा नं. १६ बस्ने ५९ बर्षीय पाठकले सेती नदीको किनारको एकान्त स्थानमा लगी जबरजस्ती करणी गरेका थिए ।
<h1 class=

आफ्नो पसलमा मिठाई किन्न गएका अवस्थामा पाठकले ती बालिकालाई फकाएर घर पछाडिको एकान्त ठाउँमा लगेर जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । जबरजस्ती करणीबाट पीडित बालिकाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ ।
जबरजस्ती करणी गर्ने जीतबहादुरलाई गत फागुन २० गते नै प्रहरीले पक्राउ गरी जबरजस्ती करणी मुज्ञामा कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कारवाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी हरि पालले जानकारी दिए ।
केही दिन अघि आफ्नै १४ बर्षीया छात्रालाई जबरजस्ती करणी गरेपछि शिक्षक लक्ष्मण खबासमाथि प्रहरीले कारवाही अगाडि बढाएको छ । यस घटनालाई ढाकछोप गर्न बलात्कारी खबासका आफन्तले अझै पनि पैसाको चलखेल गरिरहेका छन् ।