यसरी बेचिन्छन् काठमाण्डुका डान्सबारबाट अफ्रिकामा नेपाली युवती

dance-daresalmकाठमाण्डु, ३ चैत–काठमाण्डुका डान्सबार तथा मसाज सेन्टरमा काम गर्ने युवतीलाई अफ्रिकामा पु¥याएर बिक्री गर्ने गिरोह पक्राउ परेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले राजधानीका डान्सबार सञ्चालकसहित सात जनालाई पक्राउ गरेको छ ।
झन्डै एकमहिना लामो अप्रेसनपछि प्रहरीले गिरोहका व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मैतिदेवीमा बस्ने एजेन्ट प्रविण श्रेष्ठ, ललितपुरमा मुन डान्सबार चलाउने राज केसी तथा एयरपोर्टमा सेटिङ मिलाउने आशीष नामका व्यक्ति लगायतका छन् ।
सो गिरोहले अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर केन्या तथा तान्जानियाका डान्सबारमा सायौं नेपाली युवतीलाई बिक्री गरिसकेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कतिपयलाई भने भारतको एयरपोर्टबाट पठाउने गरेको खुलेको छ ।
अफ्रिकामा पुगेर पर्किएका युवतीले उजुरी दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
नयाँ पत्रिका दैनिकबाट