पहिलो पटक पोखरामा टेष्ट ट्युव बेबी सेवा

पोखरा, चैत ३ – मफोसलमा पहिलोपटक पोखरामा टेष्टट्युब बेबी सेवा संचालन हुने भएको छ । पोखराको प्रस्र्याङस्थित साहारा इण्टरनेश्नल फर्टि्लिटी सेण्टरद्वारा संचालन हुन लागेको सेवाको मंगलबार कांग्रेस नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको साहारा अस्पतालका अध्यक्ष डाक्टर गिरधारी शर्माले जानकारी दिए ।
पोखरा बाग्लुङ बसपार्कमा रहेको साहारा हस्पिटल अन्तर्गत रहेको सो सेवाले पश्चिमाञ्चल क्षेत्रका नि:सन्तान दम्पत्तीलाई फाइदा पुग्ने संचालकको दाबी छ । सेण्टर संचालनका लागि प्राविधिक र व्यवस्थापन गरी करिब २ करोडको लागत खर्च भएको बताइएको छ । भारतको नयाादिल्लीस्थित इन्टरनेश्नल फर्टि्लिटी सेण्टरको प्राविधिक र विशेषज्ञता सहयोगमा यो सेवा संचालन गरिएको अध्यक्ष शर्माले बताए ।

यो प्रविधि महिलाको डिम्ब र पुरुषको शुक्रकिटलाई बाहिरै टेष्टट्युवमा सेचन गरी ४८ घण्टापछि महिलाको पाठेघरभित्र राख्ने अत्याधुनिक प्रविधि भएको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर राजेश अधिकारीले बताए ।
सो प्रविधिबाट ४० प्रतिशत माथि सफलता प्राप्त गर्न सकिने बताइन्छ । पोखरा पर्यटकीय राजधानीको रुपमा विकास भैरहेको बेला स्वास्थ्य र शिक्षाका क्षेत्रमा पनि लगानी र सम्भावनाहरु बढ्दै गएका छन् । नेपालमा पहिलो पटक काठमाडौस्थित ओम अस्पतालले यो सेवा सुरु गरेको थियो । । विश्वकै तथ्यांक हेर्दा १० प्रतिशत दम्पत्तीमा बााझोपनको समस्या रहेको पाइन्छ । बााझोपन सन्तान उत्पादनको लागि प्रमुख समस्या रहदै आएको छ ।