मलेसियामा दुई नेपालीको सुतेकै ठाउँमा ज्यान गयो

फोटो :मलेसियामा ज्यान गुमाएका बागलुङका ज्ञानकुमार बोहरा ।
मलेसिया : रोजगारीका सिलसिलमा रहेका दुई नेपालीको मलेसियामा मृत्यु भएको छ । अवौधानिक रुपमा काम गर्दै आएका झापाको पृथ्वीनगरका प्रकाश लिम्बूको मृत्यु भएको हो ।

मलेसियाको इपो पेराक राज्यमा काम गर्दै आएका लिम्बूको शव सुतेकै ठाउँमा उनका साथीले भेटेका थिए । चार वर्षअघि रोजगारीका लागि मलेसिया आएका उनी केही महिनाअघि मात्र आवैधानिक बनेका थिए । घर जाने बेलासम्म पनि कमाइ गर्न नसकेको भन्दै उनी अवौधानिक बनेका थिए ।

उनको शव हाल इपो अस्पतालमा राखिएको छ । आर्थिक अवस्था कमजोर भएका उनको शव नेपाल पठाउन समस्या भएको उनका छिमेकी विनोद अधिकारीले बताए ।

मृतककी पत्नी रोजगारीका सिलसिलामा इजरायलमा छिन् । नेपाली दूततावास मलेसियाका अनुसार आर्थिक अवस्था कमजोरी भएका नेपालीको शव वैदेशिक रोजगार प्रर्वद्धन बोर्डको सहयोगमा नेपाल पठाइने गरिएको छ । लिम्बूको शवसमेत नेपाल पठाउन सहायोग गर्न सकिने दूतावासले जनाएको छ ।

यसैवीच पेनाङ्ग राज्यमा कार्यरत वागलुङको धाम्जाका ज्ञान कुमार बोहराको पनि सुतेकै अवस्थामा मृत्यु भएको छ । पेनाङ्गको टेम क्यास्टिङ कम्पनीमा कार्यरत बोहराको शुक्रबार मृत्यु भएको उनका छिमेकी नारायण पौडेलले जानकारी दिए ।

उनको शव पेनाङ्ग अस्पतालमा राखिएको  छ । शव नेपाल पठाउने प्रक्रिया थालिएको पौडेलले जानकारी दिए । उनी आठ वर्षअघि मलेसिया आएका थिए ।