परीक्षा दिएर फर्किएका विद्यार्थीले गरे आत्मदाह

एजेन्सी । परिवारको दबाब बच्चाहरुलाई कति पर्छ भन्ने उदाहरण एक छात्राले गरेको आत्मदहले प्रष्ट्याएको छ । भारतको गज्जनमाजराको एक स्कुलमा पढ्ने १२ कक्षाका विद्यार्थी हरमेल सिंहले आत्मदह गरेका हुन् । शुक्रबार परीक्षा सकेर फर्किएका उनले आफैलाई आगो लगाएर आत्मदह गरेका हुन् । घटनाबारे जानकारी पाउनेवित्तिकै प्रहरी पुगेर आगो निभाएपनि उनको मृत्यु भइसकेको थियो । प्रहरीले शबलाई पोष्टमार्टमका लागि सिभिल अस्पताल मालेरकोटलामा पठाएको छ । प्रहरीले उनको स्कुलको झोलाबाट सुसाईड नोट बरामद गरेको छ । जसमा उनले भनेका छन्, ‘म बाध्यताबस आत्महत्या गरिरहेको छु किनकी मैले मेरो परिवारलाई बुझाउन सकिन ।’ स्थानीय मनप्रीत सिंहका छोरा हरमेल सिंह संगरुर जिल्लाको एक स्कुलमा अध्ययन गरिरहेका थिए ।