यस्तो गाउँ जहाँ जन्मिने बित्तिकै करोडपति !

image04काठमाडौं । गाउँ भन्ने वित्तिकै तपाई हाम्रो दिमागमा सानो बाटो अथवा टुटफुट भएको सडक, फुसले आएको घर, रोजीरोटीका लागि खेलमा बिहानदेखि बेलुकासम्म पसिना बगाउने किसानको चित्र झट्ट आउने गर्छ ।
गाउँमा बस्ने मानिसहरुका लागि आलीशान बंगला, महंगो कार, राम्रो शिक्षा र हरेक किसिमको सुविधा जो शहरमा बस्ने मानिसहरुले उपभोग गर्ने गर्छन्, यस्तो एक सपना नै हुनेगर्छ ।
तर चीनको हुआझी नामको गाउँमा बस्ने मानिसहरुका लागि यो सपना होइन । चीनको जियांगयिन शहरको नजिकै रहेको यो गाउँ सबैभन्दा धनी गाउँको रुपमा परिचित छ ।
यो गाउँमा बस्ने करिब २ हजार मानिसहरु छन् र उनीहरुले बर्षेनी १ लाख युरो अर्थात एक करोड भन्दा बढी रकम कमाउने गर्छन । त्यस गाउँमा बस्ने करोडपतिहरुको संख्या चीनका हरेक गाउँको तुलनामा सबैभन्दा बढी छन् ।
huaxi-village१९६१ अघि उक्त गाउँको अवस्था अत्यन्तै दयनीय थियो तर, गाउँको साम्यवादी पार्टी समितिका पूर्व अध्यक्ष रहेका वु रेनवाओले यस गाउँको परिचय बदलेर करोडपतिको गाउँमा परिणत गर्न सफल भएका हुन् ।
उनले कृषि प्रणाली र औद्योगिक सुधारको ठोस योजना ल्याए भने १९९० मा मल्टी सेक्टर इन्डस्ट्री कम्पनी बनाएर शेयर बजारमा सामेल गराए ।
उक्त कम्पनीले सन् २०१२ मा मात्रै ९.६ अर्ब डलर कमाएको थियो । कम्पनीको नाफा हरेक मानिसहरुको भागमा बाडिन्छ भने त्यहाँका ५० बर्ष भन्दा बढी उमेरका महिला र ५५ वर्षभन्दा बढी उमेरका हरेक पुरुषले पेन्सनसँगै चामल र तरकारी पाउने गर्छन