सडक दुर्घटनामा १३ भारती र एक नेपाली घाईते

परासी, चैत १५– नवलपरासीमा आज भएको सडक दुर्घटनमा १३ जना भारतीय नागरिक र १ जना नेपाली घाईते भएका छन् । राजस्थानबाट काठमाडौका लागि हिँडेको आर जे १२ टिए ५५७१ भारतीय नम्बरको हाईस गाडी र लु २ त ७२९२ नम्बरको ट्याक्टर भैरहवा भुमही सडक खण्डको परासी बाईपास सडकमा एक आपसमा ठोकिदा दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टर चालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । हाईस्मा सवार १३ जना भारत राजिस्थानका नागरिकहरु र ट्याक्टर चालकको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।