मुम्बईमा रेखा ले धुम मच्चाइ

मुम्बई शहर बलिउडले परिचित छ । त्यही बलिउडका राजा साहरुख खान सोमबार नेपाल आएर फर्किए । साहरुखको स्टारक्रेजले नेपालमा नै तरंग मच्चायो । यता, साहरुखले नेपालमा धुम मच्चाइरहँदा बलिउड शहर मुम्बइमा नेपाली चलचित्रकी नायिका को राज देखियो ।
मुम्बइमा बसोबास गर्दै आएका नेपाली र नेपालीभाषीहरुले आयोजना गरेको कार्यक्रममा रेखालाई हेर्नेको भिड लाग्यो । उनले त्यहाँ रहेका नेपालीसँग कम्मर मर्काएर नृत्य गरिन् ।
rekha-thapa
रेखासँगै भारत पुगेका कलाकार तथा संचारकर्मी श्याम अर्यालले भने-‘रेखालाई हेर्न भनेर यहाँ महिलाहरु बच्चा बोकेर आएका थिए । उनीहरुले आफ्नो बच्चालाई आशिष दिनुहोस् भन्दै रेखासँग आर्शिवाद पनि मागे ।’
जनचेतना सरकोर मञ्चले आयोजना गरेको सांकृतिक कार्यक्रममा नेपाली कलाकार रेखा थापाको साथमा पुष्कर भट्ट पनि थिए । कार्यक्रमका प्रमुख अतिथी माष्टर थापाले पनि नेपाली कला र संकृतीको प्रवर्द्धनमा जोड दिएका थिए । कार्यक्रममा नायिका थापाले भारतमा रहेका नेपाली र नेपालीभाषीले दिएको मायाले आफू अझ उत्साहित भएको बताइन् । rekha-thapa-1