सुटिङमा यसरी मस्ती गर्छिन सन्नी


sunny sm
मुम्बई । सन्नी लियोनीको फिल्म हेरेर रमाईलो मान्ने दर्शकका लागि एउटा जानकारी । सन्नी स्वयं पनि एकदमै रमाईलो छिन् । हरेक काम गर्दा रमाईलो पाराले गर्नुपर्ने उनको मान्यता छ । रमाएर गरेको कामको परिणाम पनि राम्रै हुने उनको बुझाइ छ । त्यही कारण सुटिङमा मज्जाले जिस्कने गरेकी छिन् आफ्ना साथीहरुसँग ।
‘एक पहेली लीला’ मा काम गरेपछि निकै चर्चामा आएकी सन्नीको केही भारतीय समाचार संस्थाले उनको सुटिङको तस्बिर सार्वजनिक गरेका छन् ।
समाचारमा उल्लेख भएअनुसार उनले सुटिङमा आफ्ना सहकर्मीसंग मस्ती गरेकी थिईन् । यस फिल्ममा नौ वटा गीत छन भने सन्नी विभिन्न तीन चरित्रमा प्रस्तुत भएकी छिन् । उनको लुंगी डान्सले फिल्म प्रदर्शन अघि नै चर्चा पायो ।
लुंगी डान्सको सुटिङ गर्ने बेलामा सन्नीले समुन्द्रको किनारमा निकै रमाईलो गरिन् । उनका सहकर्मीहरु कोही उनको चुल्ठो तान्दै थिए त कोही लुंगी छोटो भयो भनेर जिस्क्याउँदै थिए ।
sunny leon