काठमाडौं उत्रेपछि शाहरुखले भने, परिवार लिएर फेरि नेपाल घु्म्न आउँछु

फोटो :रजेन्‍द्र केसी
काठमाडौं : भारतका चर्चित अभिनेता शाहरुख खानले आफूलाई नेपाल असाध्यै मनपर्ने बताएका छन्। 
 
निजी विमानमा काठमाडौं आएलगत्तै होटल हायतमा आयोजित पत्रकार सम्मेलनमा खानले भने, 'नेपाल मलाई असाध्यै मन पर्छ। नेपालीको मलाई माया लाग्छ।
उनले यसपटक छोटो भ्रमण भए पनि अर्कोपटक परिवार लिएर घुम्ने गरी नेपाल आउने बताउँदै भने,  'म पहिले पनि नेपाल आएको थिएँ। यसपटक पनि आए। छोटो भ्रमण छ यसपालि। फेरि परिवार लिएर आउँछु।' 
 
उनले आफूले किङकै रुपमा जनताको सेवा गरिरहेको बताए।उनले भने, 'मलाई किङ खान भन्छन् तर भनिरहन पर्दैन । तर मिनरोञ्जन क्षेत्रबाट सेवा गरिरहेको छु।'