श्रीमानको एक मिनेटभित्र स्खलन हुन्छ,अब म कसरी यौनइच्छा पुरा गरु, सारै अन्योलमा छु ?

यौन सन्तुष्टी नदिई एकै छिनमा श्रीमानको विर्य स्खलन हुन्छ : म के गरु ? म ३३ वर्षको भएँ। मेरा श्रीमान् ३५ वर्षको हुनुहुन्छ। हाम्रो विवाह भएको ९ वर्ष भैसकेको छ। सुरु-सुरुमा मलाई यौनको विषय नै वाहियात लाग्थ्यो। अधिकांश यौनसम्पर्कमा झगडा हुन्थ्यो, तर हिजोआज मेरो श्रीमान्मा यौनइच्छा हुँदैन भने ममा बढी यौन इच्छा छ। जब म इच्छा राख्छु, उहाँले मुड छैन भनेर टार्नुहुन्छ। यही कारणले म निराश छु। यसको केही समाधान छ कि ? करुणा कुॅबर

यौन चाहना एउटा प्राकृतिक विषय हो। यसलाई सिकाइरहनु पर्दैन। तै पनि निकै कमले यौनको चरम आनन्द प्राप्त गर्छन्। यौनसन्तुष्टि प्राप्त गर्न केही सीप सिक्नु आवश्यक छ। यौनसम्पर्क हुने जोडीमा अन्य केही समस्या छैन भने पनि कहिलेकाहीँ यौनका बारेमा वा भनौं दुवैको शरीरलाई राम्रोसँग बुझ्न नसकिएको अवस्थामा ठूलो समस्या हुने धेरै उदाहरण छन्। यौन चाहना प्राकृतिक कुरा मात्र नभै मनोवैज्ञानिक विषय पनि हो। प्रश्न हेर्दा लाग्छ, तपाईं अहिले दुविधामा हुनुहुन्छ। यौनचाहनामा भिन्नताकै कारण तपाईंहरूबीचको यौन सम्बन्ध निराश भएको हो कि भन्ने बुझिन्छ। धेरैजसो व्यक्तिले महिलामा भन्दा पुरुषमा यौन इच्छा बढी हुन्छ भन्ने धारणा राख्छन्। महिलाहरू यौन चाहना वा भनौं यौनको विषयमा खुलेर आफ्नो पार्टनरसँग कुरा गर्न सक्दैनन्। वास्तवमा महिलामा पनि यौन चाहना हुन्छ, यो स्वाभाविक पनि हो। प्रश्न पढ्दा तपाईंको श्रीमान्को यौन चाहना समयअनुसार कम हुँदै गएको हो कि भन्ने बुझिन्छ। सबैभन्दा पहिले यसको कारण पत्ता लगाउनु आवश्यक हुन्छ। किनभने यो समस्याको स्रोत अनेक हुन सक्छ। तपाईंको श्रीमान् अहिले चिन्तामा हुनुहुन्छ कि भन्ने बुझिन्छ। दोस्रो, तपाईं र तपाइर्ंको श्रीमान् बीच अन्य कुनै कुरामा मतभेद वा झगडा छ भन्ने बुझिन्छ। एकअर्काप्रति सम्मान गर्ने बानी र स्वाभावमा पनि समस्या थपिन थालेको हुनुपर्छ। एकअर्काप्रतिको आकर्षणमा समस्या पर्न थालेको हुनुपर्छ। यसको कारण परस्त्रीगमन पनि हुनसक्छ वा भनौं मानसिक तनावका धेरै स्रोत हुन सक्छन्। तिनीहरूलाई पत्ता लगाउने र त्यसलाई न्यूनीकरण गर्नेतर्फ जोड दिनुपर्ने हुन्छ। हाम्रो समाजमा धेरै मानिस विभिन्न बाध्यता आशा, प्रभाव, भ्रमपूर्ण प्रेम, खानदान कथित सामाजिक प्रतिष्ठा आदिलाई ध्यान दिन्छन् र तत्काल विवाह गरिहाल्छन्। एकअर्कालाई राम्रोसँग बुझ्ने प्रयास नगरी गरिएका यस्ता कतिपय विवाह पछिसम्म पनि पारिवारिक असन्तुष्टि र कलहको स्रोत बन्न सक्छन्। तपाईंको समस्याको वास्तविकतामा पुग्नुअघि यस्ता धेरै विषय केलाउनुपर्ने हुन्छ। तपाईको श्रीमानमा यौन निष्त्रिmयता सम्बन्धी कुनै समस्या हुनसक्छ। यसका लागि चिकित्सकसँग सम्पर्क गर्नुपर्ने हुन्छ। यदि तपाईंको यौन चाहना सधै बढी छ भने त्यो अस्वाभाविकचाहिँ होइन। खासमा यौन क्रियाकलाप कति पटक भयो भन्नुभन्दा कति गुणस्तरीय भयो भन्ने कुरा महत्वपूर्ण हो। जहाँसम्म यौन चाहना घटीबेसीको प्रश्न छ, हरेक व्यक्तिको यौन इच्छा फरक-फरक हुन्छ भन्ने कुरा बुझ्नु आवश्यक छ। कोही दैनिक यौन इच्छा राख्छन् भने कोही महिनामा एक दुई पटक। तपाईंहरू दुवैले कहिलेकाही हुने र सधंै हुनेलाई ठूलो समस्या वा स्वस्थ नभएको भनेर बुझ्नु उचित हुँदैन। तपाईंको श्रीमान्मा कुनै खराबी छ भनेर सोच्नुभन्दा तपाईंहरू दुबैको यौन इच्छा फरक छ भनेर बुझ्नु र कसरी एकअर्काको यौन चाहनालाई सम्मान दिने भन्नेतर्फ लाग्नु उचित हुन्छ। एकअर्कालाई दोष लगाउँदा विभिन्न समस्या सिर्जना हुन सक्छ र सम्बन्ध अझ जटिल बन्दै जान्छ। आफ्नो पार्टनर जसको यौन इच्छा कम छ उसलाई दबाब दिनुभन्दा एकअर्काप्रतिको बुझाइलाई बढावा दिनु आवश्यक हुन्छ। त्यसका लागि दुई जनाबीचको यौन चाहनालाई लिएर कुराकानी गर्ने, भावना साटासाट गर्नुपर्ने हुन्छ। आकर्षक बन्ने, परिवेश यौनमय बनाउने, ठट्टा गर्ने, यौनअंगहरूलाई उत्तेजित मुडमा सुम्सुम्याउने, एक अर्काको शरीर र भावनालाई बुझ्न प्रयास गर्ने कामहरू गर्नुहोस्। विगतमा आफ्नो यौनको ज्ञानमा कमी भएको कुरालाई स्वीकार गर्दै अहिले यस विषयमा खुलेर कुरा गर्नुहोस्। श्रीमान्लाई आफ्नो शरीर दिनमा एकपटक नजिकबाट नियाल्न लगाउनु र उहाँको शरीरलाई पनि नियाल्ने र प्रशंसा गर्ने काम गर्नुहोस्। कुराकानी सकारात्मक पाटोबाट गर्नु उचित हुन्छ। एकअर्काका राम्रा पक्षका बारेमा गरिने चर्चाले एकअर्काबीचको सम्मान वृद्धि हुन्छ र यौन सम्बन्धमा पनि सुधार आउँछ। पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला