शाहरुख खान सोमबार काठमाडौं आउने
फोटो : फाइल फोटो
आइतबार काठमाडौं आइपुग्ने कार्यक्रम भए पनि शाहरुख आउने जहाजलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले अत्यधिक चापका कारण अवतरण अनुमति नदिएपछि सोमबारलाई उडान सारिएको हो।
निरोल्याक पेन्टस्ले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन अभिनेता खान काठमाडौं आउन लागेका हुन्।
निजी विमानबाट खान सोमबार दिउँसो ३ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
उनी सोमबार नै पत्रकार सम्मेलनमा सहभागी हुने छन्। हायत होटलमा उनी बस्ने छन् ।
निजी विमानबाट खान सोमबार दिउँसो ३ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
उनी सोमबार नै पत्रकार सम्मेलनमा सहभागी हुने छन्। हायत होटलमा उनी बस्ने छन् ।