नायिका झरना थापाको पहिलो सेक्सको अनुभब : सेक्सका लागि प्रेम गर्नुहुँदैन

नेपाली चलचित्र जगत्की सफल एवं लोकप्रिय नायिका हुन् झरना थापा । कलिलै उमेर विवाह भयो उनको । भन्छिन्, “श्रीमान्सँग गरेको सेक्सको मज्जा अर्कै हुँदो रहेछ ।”

सेक्सले नै जीवन सन्तुष्ट र सुखी हुने उनको धारणा छ । सेक्सका धेरै प्रस्ताव आए झरनाको जीवनमा । भन्छिन्, “विश्वास गर्नुस्, पहिलो प्रेम र सेक्स श्रीमानसितै भयो । म यति सन्तुष्ट छु कि ब्याख्या नै गर्न सक्दिन ।” उनको विचारमा सेक्स अपरिहार्य छ । र योविना जीवन पूर्णता हुँदैन । यी चुलबुले नायिकासित सेक्सबारे धेरै प्रश्न सोधियो ।


सेक्स संवाद लम्बिँदे गएपछि झरनाले मस्केर भनिन्, “विवाह गर्नेलाई थाहा हुन्छ ऋषिजी सेक्स कस्तो हुन्छ भनेर । तपाईं अविवाहित मान्छे मलाई किन यसरी सोध्नुहुन्छ – विवाह गर्नुहुन्छ भने म कुनै नायिका खोजिदिन्छु ।”

रिपोर्र्टर्स नेपालसित झरनाले नयाँ पुस्तालाई पनि निकै सन्देश दिएकी छिन् । उनले भनिन्, ” अहिलेका युवायुवतीहरुलाई म के आग्रह गर्छु भने जीवनमा प्रेम गर्नुस् मज्जाले ।

सेक्सचाहिँ विवाहपछि गर्नुहोस् । प्रेम र सेक्सलाई सँगै लिएर जान सकिँदैन । सेक्सका लागि प्रेम गर्नुहुँदैन । सफा दिलले प्रेम गर्न सक्ने मान्छे नै सुखी र खुसी हुन्छ ।”